क्यान्सर अस्पतालको सेवा विस्तारमा मन्त्री मगरको जोड

 

चितवन, ९ वैशाख । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले क्यान्सर अस्पतालको सेवा विस्तार गर्नुपर्नेमा जोड दिएकी छन् ।

चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आज आयोजित कार्यक्रममा उनले अस्पतालको क्षमता बढाएर शाखा विस्तार गरिनुपर्ने बताइन् ।

कञ्चनपुरबाट क्यान्सर जाँचका लागि आएका बिरामी भेट्न उनी आज क्यान्सर अस्पताल पुगेकी थिइन् । अस्पतालको सेवा सबैको पहुँचमा पु¥याइनुपर्ने उनको भनाइ थियो । “क्यान्सरको समस्या देशैभरी छ, क्यान्सरको उपचारका लागि सबै क्षेत्रमा शाखा खोल्नुपर्छ”–उनले भनिन्, “क्यान्सरको सेवा सबैको पहुँचमा पनि पु¥याउनुपर्छ ।”

गरिबी र अशिक्षाका कारण ग्रामीण क्षेत्रका महिलामा स्तन तथा पाठेघरको मुखको क्यान्सर बढी भएको भन्दै मन्त्री मगरले यसतर्फ गम्भीर हुनुपर्नेमा जोड दिइन् ।

मन्त्री मगरको पहल तथा क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा गत चैत १८ गतेदेखि २१ गतेसम्म कञ्चनपुरमा स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर भएको थियो । शिविरमा झन्डै दुई हजार महिलाले स्वास्थ्य परीक्षण गराएका थिए । क्यान्सरको आशंका गरिएका १४ महिलालाई थप उपचारका लागि चितवनस्थित क्यान्सर अस्पताल ल्याइएको थियो ।

अस्पतालका क्यान्सर रोकथाम विभाग प्रमुख किशोर प्रधानाङ्गले १४ जनामध्ये चारजनाको पाठेघरको मुखमा मासु पलाएको, चारको पाठेघरमा घाउ भएको र छजनाको पाठेघर खसेको प्रारम्भिक परीक्षणमा देखिएको बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *