बुझिने अक्षरमा प्रेस्कृप्सन लेख्न चिकित्सकलाई मेडिकल काउन्सिलको निर्देशन

आलोचनामा परेको एउटा प्रेस्कृप्सन

काठमाडौँ , ७ बैशाख । नेपाल मेडिकल काउन्सिलले बिरामीको स्वास्थ्य उपचारमा खटिने चिकित्सकलाई बुझिने भाषा र अक्षरमा प्रेस्कृप्सन लेख्न निर्देशन दिएको छ । चिकित्सकले प्रेस्कृप्सनमा लेख्ने अक्षर  बेलाबखत आलोचनामा पर्ने गरेको छ ।

काउन्सिलले, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यावसायी परिषद तथा औषधि व्यवस्था विभागका प्रतिनिधिहरुबीच बसेको बैठकले गरेको निर्णय भन्दै यस्तो शुक्रबार पाँच बुदे सूचना जारी गरेको छ । ती बुँदाहरुमा प्रेस्कृप्सन लेख्दा के के कुरामा ध्यान दिनुपर्ने ? औषधि विक्री गर्दा के के कुरामा ध्यान दिनुपर्ने, विरामीको फायल अभिलेख कसरी र कहिलेसम्म राख्ने ? चिकित्सकको प्रसार प्रसार गर्दा के कुरामा ध्यान पुरयाउँने ? सत्य तथ्य सूचना र कमजोरी भएमा कारबाही हुने सम्वन्धी समेत उल्लेख छ ।

काउन्सिलको निर्देशनमा प्रेस्कृप्सनमा औषधिको नाम , सेवन गर्नुपर्ने मात्रा, समय तथा अवधीसमेत बुझिने भाषामा हुनुपर्ने उल्लेख छ । प्रैस्कृप्सन गर्ने व्यक्तिले पहिचान खुल्ने नाम र लाइसेन्स नम्बर अनिवार्य खुलाउनुपर्ने भनिएको छ । त्यस्तै एउटा विधाका चिकित्सकले अर्को विधामा पर्ने औषधि प्रेस्कृप्सन गर्नु समेत गैरकानूनी भनिएको छ ।

यस्तै फार्मासिस्टहरुलाई चिकित्सकले लेखेकै औषधि दिन, औषधि दिदै गर्दा खाने तरिका अवधी मात्रा आदिका बारेमा स्पष्ट बताउन निर्देशन दिइएको छ ।

अर्को निर्देशनमा सेवा प्रदायक स्वास्थ्य संस्थाले अन्तिम पठक स्वास्थ्य परीक्षण गरेको समयले कम्तीमा ५ बर्षसम्म सुरक्षित गराउन भनिएको छ ।

काम नगर्ने चिकित्सकको प्रचार गर्न नपाइने
स्वास्थ्य सेवा प्रदायक संस्थामा सेवारत नै नभएका चिकित्सकहरुको नाम नामेसी उल्लेख गरेको सूचना बोर्ड, ब्रोसियर वा अरु माध्यमबाट प्रचार प्रसार गर्न नपाइने भनेको छ ।

नेपालका कतिपय अस्पताल तथा क्लिनिकहरुले सेवामै नरहेका चिकित्सकहरुको नाम राखेर आम सर्वसाधारणलाई भ्रममा समेत पार्ने गरेका छन् ।

अन्तिम बुँदामा काउन्सिलले माथि उल्लेखित निर्देशन विपरितका गतिविधि भएमा कारबाही हुने समेत बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *