सुविधा बढाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका १० हजार नर्सको जागिर चट

आन्दोलन जारी रहेको जानकारी दिँदै जिम्बावे नर्स एसोशिएसनका प्रतिनिधिहरु

बीबीसी । जिम्बावे सरकारले सेवा सुविधा बढाउनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका १० हजार बढी नर्सहरुलाई बर्खास्त गरेको छ । सेवा सुविधाका लागि बार्षिक रुपमा १ करोड ७० लाख डलरले बढाउने निर्णय गर्दै काममा फर्कन गरेको आग्रहलाई नर्सहरुले वेवास्ता गरेपछि सरकारले पछिल्लो कदम चालेको हो ।

उपराष्ट्रपति कन्स्टान्टिनो चिवेङ्गाले नर्सको सेवा सुविधा बार्षिक रुपमा १ करोड ७० लाख डरलले बढाउने निर्णय गर्दा उनीहरु काममा नफर्केपछि बर्खास्त गरेको बताए । उनले भने, ‘जीवनसंग बचाउने कुरामा कुनै सम्झौँता हुन सक्दैन । उनीहरु काममा आउन मानेनन त्यसैले यो निर्णय लिइएको हो ।’

सरकारले ठूलोसंख्यामा नर्सहरु बर्खास्त गरेपछि उनीहरुको स्थानमा बेरोजगार नर्सहरुलाई करारमा नियुक्ति दिने तयारी गरेको छ ।
केही समय अघि मात्रै जिम्वावे सरकारले डाक्टरहरुले गरेको आन्दोलनको सामना गरेको थियो । डाक्टरहरुले सेवा सुविधा बृद्धि गर्ने सरकारले प्रतिवद्धता जनाएपछि आन्दोलनबाट फिर्ता भएका थिए ।

यता जिम्बावे नर्स एसोशिएसनले भने सरकारी कदमको विरोध गर्दै आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *