प्रसूति अस्पतालमा कार्यरत नर्सलाई पोशाक वितरण

काठमाडौँ, २ वैशाख । पशुपति अन्नपूर्ण आश्रमले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा कार्यरत १७७ नर्सलाई पोशाक वितरण गरेको छ ।

आश्रमले आमाको मुख हेर्ने औँसीको अवसर पारेर आज उक्त अस्पतालमा कार्यरत १७७ ज्येष्ठ नर्सलाई सरकारी पोशाक वितरण गरेको हो ।

पोशाक वितरण गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले आमा खुवाउने औँसीका अवसरमा आमासरहका ज्येष्ठ नर्सलाई पोशाक वितरण गरेर आश्रमले सराहनीय काम गरेको बताए ।

उनले सार्वजनिक विद्यालय जहाँ श्रमिक र मजदुरका छोराछोरी पढ्छन् त्यस्ता विद्यालयका विद्यार्थीलाई आश्रमले सहयोग गर्नुपर्ने बताए ।

आश्रमका अध्यक्ष प्रा डा जगदिश वैद्यले आमाको मुख हेर्ने औँसीका अवसरमा पाटन र वीर अस्पतालमा कार्यरत नर्सलाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सामाजिक क्षेत्रमा काम गर्दै आएको आश्रमले भूकम्पपीडितलाई राहत वितरण, बूढानीलकण्ठ आश्रमका बटुकलाई पोशाक वितरण, गोकर्णस्थित उत्तराखण्डमा रहेका बटुक तथा शिक्षकलाई पोशाक वितरण, राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कर्मचारीलाई मोजा तथा टोपी वितरणजस्ता काम गरिसकेको आश्रमका सचिव ऋषि गिरीले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *