प्रदेश नम्बर ४ मा यसरी भयो मेरो बर्ष अभियानको शुभारम्भ

पोखरा २ बैशाख । ‘स्वस्थ्य प्रति जिम्मेवारी, समृद्धिको आधार’ भन्ने मुल नाराका साथ ४ नम्बर प्रदेशमा पनि मेरो वर्ष अभियान २०७५’को शुभारम्भ गरिएको छ । नयाँ बर्षको पहिलो दिन शनिबार ४ नम्बर प्रदेशको राजधानी पोखराबाट यो अभियान शुरु गरिएको हो ।

कार्यक्रम अन्तरगर्त शनिबार विहान ६ बजे ह्वाईट हाउस पार्टी प्यालेस सृजनाचोकदेखि न्यूरोड अनि मानवअधिकार चोक हुदै प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।प्रभातफेरी पछि सहभागी सम्पूर्णले मानवअधिकार चोक वरपर सरसफाइ कार्यक्रम समेत गरिएको थियो।

प्रदेश नम्बर ४ की सामाजिक विकास मन्त्री नरदेवी पुन प्रमुख अतिथि बनेको सो कार्यक्रममा मेरो बर्ष अभियानबारे जानकारी स्वस्थ्य विभागका जनस्वास्थ्य अधिकृत उपेन्द्र ढुङ्गानाले दिएका थिए ।

सो कार्यक्रममा सामाजिक विकास मन्त्री पुनले मेरो वर्षका ८ प्रतिबद्धताहरुको वाचन गरेकी थिइन । त्यसपछि सोही प्रत्तिबद्धता अन्य सहभागीहरुले दोहोरयाएका थिए ।

मेरो वर्ष अभियान स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकार प्रदेश नं ४ सामाजिक विकास मन्त्रालयकोआयोजना भएको हो । कार्यक्रममा जनस्वास्थ्य युवा समाज नेपालले प्राविधिक सहयोग गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *