तीन करोडको लागतमा स्वास्थ्य चौकी भवन निर्माण

भोजपुर, २९ चैत । पूर्वी पहाडी जिल्ला भोजपुरको अरुण गाउँपालिका याकुमा रु तीन करोडको लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।

भोजपुरको पूर्वी अरुण गाउँपालिका–५ याकुमा निर्माण भएको सो भवनको संघीय संसदका सदस्य सुदन किरातीले बुधबार उद्घाटन गरे ।

भवन नेपाल सरकारको आर्थिक सहयोग तथा शहरी विकास भवन निर्माण विभाग क्षेत्रीय कार्यालय धनकुटाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । दुई तले भवनमा १६ वटा कोठा रहेका छन् ।

चारवर्ष अघि निर्माण शुरु गरिएकोे भवनमा खोप, सुरक्षित मातृत्व, भिडियो एक्सरे सेवा सञ्चालन भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरका प्रमुख डा त्रिभुवनचन्द्र झाले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *