नक्कली चिकित्सक बनि स्वास्थ्य शिविर राख्ने तीन जना पक्राउ

इटहरी, २९ चैत । गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेर पैसा असुल गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी देवानगञ्ज गाउँपालिका–६ मा स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयवासीबाट गैर कानुनी रुपमा पैसा असुल गर्ने तीन जनालाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

हामी चिकित्सक हौँ, तपाईहरुको स्वास्थ्य जाँचका लागि हामी यहाँ आएका हौँ भनेर प्रतिव्यक्ति रु पाँच सय र रु एक हजारको रसिद काटेर स्थानीयवासीलाई ठग्ने कार्य गरिरहेका अवस्थामा उनीहरुलाई ठगीको आरोपमा नियन्त्रणमा लिई आवश्यक सोधखोज र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा तेह्रथुम जिल्लाको म्याङ्गलुङ्ग नगरपालिका–१० का २१ वर्षीय सुदन सुवेदी, सोही स्थानका २१ वर्षीय जुनिल सुवेदी र सप्तरी कञ्चनपुर नगरपालिका–५ का १९ वर्षीय प्रख्यात मिश्र रहेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *