स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको चौथो शिखर सम्मेलन भोलिदेखि राजधानीमा

काठमाडौँ, २७ चैत । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको चौथो शिखर सम्मेलन भोलिबाट राजधानीमा शुरु हुँदै छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा हुने दुई दिने उक्त सम्मेलनमा देशभरबाट १ हजार स्वास्थ्य बैज्ञानिकहरुको सहभागीता हुने बताइएको छ ।

सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले गर्नेछिन् ।

बदलिदो स्वास्थ्य प्रणालीको लागि उच्चस्तरीय अनुसन्धान भन्ने नारा दिइएको यसपटकको सम्मेलनमा स्वदेशी बैज्ञानिकहरुको मात्रै सहभागिता रहने बताइएको छ ।

परिषद्का कार्यकारी अध्यक्ष डा अञ्जनीकुमार झाले यसपटकको सम्मेलनमा खोज तथा अनुसन्धानका बारेमा ६५ वटा मौखिक प्रस्तुति र ६७ वटा पोष्टर प्रस्तुति रहने बताए । त्यसैमा आमन्त्रित विज्ञहरुबाट संघीयतामा स्वास्थ्य अनुसन्धान, नेपालमा सञ्चालन भइरहेका स्वास्थ्य अनुसन्धान सम्बन्धी गतिविधिका बारेमा जानकारी, नसर्ने रोग र गरीवीको बारेमा ८ वटा कार्यपत्र प्रस्तुत हुने उनले बताए ।

परिषदका बरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालका अनुसार सम्मेलन नसर्ने रोग, पोषण र खाद्य सुरक्षा, प्रजनन लैगिंक र मातृ स्वास्थ्य, मानसिक स्वास्थ्य, वित्त, प्रशासन र स्वास्थ्य प्रणालीको बारेमा केन्द्रीत रहने छ । त्यसैगरी नवजात शिशु, किशोर किशोरीको स्वास्थ्य तथा लैगिक हिंसा, बाताबरणीय पेशागत र सहरी स्वास्थ्य, सरुवा रोग तथा अन्य विषयका विधाहरुमा प्रस्तुति हुनेछ ।

कार्यक्रमको समापनका दिन ७ जना उत्कृष्ठ अनुसन्धानकर्ताहरुलाई पुरस्कृत गरिने समेत बतताइएको छ ।

परिषदले पछिल्लो चार बर्ष देखि स्वास्थ्य तथा जनसंख्या विज्ञहरुलाई एकै ठाँउमा राखी भेलागरी स्वास्थ्य अनुसन्धानका बारेमा गहन बहस चलाउँदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *