आरोहीको स्वास्थ्य सेवाका लागि नौ चिकित्सक खटाइयो

काठमाडौँ, २६ चैत । हिमालय उद्धार संघले हिमाल आरोहण गर्ने आरोहीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी नौ जना चिकित्सक खटाएको छ । संघले वसन्त ऋतुमा हिमाल आरोहण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर दुई नेपाली र सात विदेशी चिकित्सक खटाएको हो ।

जसमा सोलुखुम्बुको सगरमाथा आधार शिविरमा तीन, सोलुखुम्बुको फेरिचेमा तीन र मनाङको मनाङगाँउमा तीन चिकित्सक खटाएको छ ।

स्वदेशी तथा विदेशी आरोही तीन हजार मिटरभन्दा माथि चढेपछि लेक लाग्ने र बिरामी हुने भएकाले प्राथमिक उपचारका लागि चिकित्सकहरु पठाएको संघका कार्यकारी निर्देशक प्रकाश अधिकारीले जानकारी दिए ।

पर्यटन विभागले दिएको जानकारीअनुसार यो सिजनमा अहिलेसम्म ४५ समूहले आरोहण अनुमति लिएका छन् । जसमा सगरमाथा चढ्न मात्रै २३ समूह र बाँकी अरू हिमाल चढ्नका लागि अनुमति लिएको विभागले जनाएको छ ।

विभागले आरोहणका लागि अहिलेसम्म ३८ जना सम्पर्क अधिकृत खटाइसकेको छ । छ हजार ५०० मिटर माथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *