टाइफाइड ज्वरोबारे भ्रम र यथार्त

– डा. उदय नारायण सिंह
फिजिसियन, नारायणी उपक्षेत्रीय अस्पताल बीरगञ्ज

टाइफाइड ज्वरो अर्थात म्यादी ज्वरो एक किसिमको ‘ग्राम नेगेटिभ ब्याक्टेरिया’ साल्मोनेला टाइफीको संक्रमणले गर्दा हुने रोग हो । संक्रमित खाना वा पिउने पदार्थको माध्यमद्धारा यो रोग मानिसमा सर्ने गर्दछ ।

कडा कडा ज्वरो आउनु, टाउको दुख्नु, पेट दुख्नु, पखला हुनु, वा दिशा नहुनु, खोकी लाग्नु यो रोगका प्रमुख लक्षणहरु हुन् । समयमा सहि उपचार भएन भने रोगको जटिलता बढ्दै जाने गर्दछ । र तेस्रो हप्ता देखि यसका जटिलताहरु देखिन थाल्दछ् ।

टाइफाइड रोगको यो बास्तविकता भएता पनि हाम्रो समाजमा अहिले पनि टाइफाइडबारे भ्रम सिर्जना भएको देखिन्छ । ती भ्रमका कारण यो रोगले कहिलेकाँही जटिलता उत्पन्न गरिदिन्छ ।

जटिलता ल्याउने केही कारणहरु यस्ता छन् :
रोगबारे ज्ञान नहुनु र अनाधिकृत ब्याक्तिबाट औषधि उपचार गराउने यसको मुख्य कारण हो । त्यसबाहेक कतिपयले टाइफाइडको बारेमा भ्रम छरेर सजिलै उपचारको नाममा औषधि बिक्री गर्ने साधनको रुपमा प्रयोग गरिएको देखिन्छ । टाइफाइड ज्वरो जाँच्न प्रयोगशालामा प्रयोग गरिने विडालटेष्टको पनि चरम दुरुपयोग गरिएको पाइन्छ ।

सामान्यतया वीडाल टेष्ट टाइफाइड ज्वरोमा जाँच्ने एउटा जाँच हो । जसको प्रयोग ज्वरो आएको दोस्रो हप्ता पछि मात्रै हुन्छ । तर कतिपयले औषधि बिक्री गर्ने र प्रयोगशाला शुल्क लिनका लागि मात्रै पनि ज्वरो लागेको दोस्रो दिन देखि नै यो परीक्षण गर्ने गरेको देखिन्छ ।

विडाल टेष्ट बास्तवमा पूर्ण विस्वासिलो टेष्ट भने होइन । कहिलेकाँही सामान्य ज्वरो आएको व्यक्तिमा पनि विडाल पोजेटिभ देखिन सक्छ । टाइफाइड प्रभावित क्षेत्रका सामान्य अवस्थाका व्यक्तिमा परीक्षण गराउने हो भने पनि कहिलेकाँही यो पोजेटिभ देखिन सक्छ । टाइफाइड नै हो भन्नका लागि रगत कल्चर गर्दा त्यहाँ साल्मोनेला भन्ने जीवाणु भेटिनुपर्छ ।

तितोसत्य यो हो कि सामान्य रुघाखोकी, क्षयरोग वा अन्य ज्वरोलाई पनि टाइफाइडको नाम दिएर अनावश्यक एन्टीबायोटिक प्रयोग गराउने गर्दा यसले स्वास्थ्य क्षेत्रलाई गम्भीर असर पारेको छ । अनावश्यक एन्टिबायोटिकको प्रयोगले एन्टाबायोटिक रेसिस्टेन्स निम्त्याईरहेको खतरा हाम्रो सामु विकराल रुप लिइ बसिरहेको छ ।

के हो एन्टिबायोटिक रेसिस्टेन्ट ?
एन्टिबायोटिक रेसिस्टेन्ट भन्नाले भविस्यमा सक्रमण भएको त्यो संक्रमणको लागि प्रयोग हुने औषधिले विरामीलाई नभेटने अवस्था हो र बिरामीको ज्यानको खतरा हुनु हो ।

हुन त नेपाल सरकारले कुन तहको स्वास्थ्यकर्मीले कस्तो र कुन एन्टिबायोटिक सम्म प्रयोग गर्न मिल्छ भन्ने मापदण्ड बनाएको छ । तर त्यसको न कार्यान्वय भएको छ न त त्यसको अनुगमन भएको छ । यसले गर्दा केही विरामीहरुले अनावश्यक औषधिको सेवन गर्न बाध्य छन् ।
स्वास्थ्य प्रति सम्वेदनशीलता अपनाउनुपर्ने स्वयं नागरिकको पनि दायित्व हो । कहाँ को संग कस्तो औषधि उपचार गराउनुपर्छ भन्ने हुनु आवश्यक रहेको देखिन्छ ।

अत:  एन्टिबायोटिक रेसिस्टेन्ट रोक्नु हामी सबैको कर्तव्य हो । भविस्यमा संक्रमण हुँदा सुरक्षीत साथ सो एन्टिबायोटिकले संक्रमण रोकी हाम्रो ज्यानको रक्षा गरुन हाम्रो कामना छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *