नर्सहरुको श्रम शोषण गरिएको भन्दै श्रम मन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ, १९ चैत ।  नेपाल नर्सिङ संघले बिरामीको सेवामा खटिने नर्सहरुलाई कतिपय अस्पतालहरुले सरकारले तोकेको न्युनतम पारिश्रमिक भन्दा पनि कम दिने गरेको भन्दै श्रममन्त्री गोकर्ण विष्टको ध्यानाकर्षण गराएको छ ।आइतबार संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेलको नेतृत्वमा गएको टोलीले मन्त्री विष्टको ध्यानाकर्षण गराएका हुन् ।

‘सरकारले अप्राविधिक मजदुरको बेसिक न्युनतम तलम ९ हजार भन्दा माथि तोकेको छ । तर लाखौँ खर्च गरी बर्षौ लगाएर अध्ययन गरेका नर्सहरुलाई ५ – ६ हजार दिने गरेको पाइएको छ । अझ कतिपयले त अनुभवका लागि भन्दै भोलेन्टियरको नाममा श्रमशोषण गरेको पाइएको छ । हामी त्यसबारेमा जानकारी गराउँन श्रम मन्त्रीसमक्ष पुगेका थियौँ,’  संघकी अध्यक्ष पोखरेलले भनिन् ।

अध्यक्ष पोखरेलले पछिल्लो पटक केही मेडिकल कलेज तथा अस्पतालहरुले ठेकेदारमार्फत नर्सहरु लिने गरेको र ठेकेदारले समेत नर्सका लागि अत्यन्त न्युनतम दिने गरेको ।

नर्सहरुको बृत्ति विकास, तालिमको अवसरबाट बन्चित गराएको, नर्सको जिम्मेबारी अस्पतालले लिनुपर्नेमा ठेकेदार कम्पन्नीले लिने गरेको भन्दै आपत्ती जनाइन । उनले किष्ट मेडिकल कलेज काठमाडौँ, मणिपाल मेडिकल कलेज पोखरा र पुरानो मेडिकल कलेज भरतपुरले नर्सहरु ठेकेदार कम्पनी मार्फत लिने गरको जानकारी दिइन ।

जवाफमा मन्त्री विष्टले आफूहरुसंग नर्सहरुमाथि विभेद र श्रम शोषण भएको भन्ने आफूले सुनिरहेको भन्दै यसबारेमा विज्ञसंग परामर्श लिएर आवश्यक कदम चाल्ने बताएको जानकारी दिइन । ‘हामीले उठाएको विषयलाई उहाँले गम्भीरता पूर्वक लिनु भएको छ २ ४ दिन भित्र यसबारेमा केही काम गर्छु भन्नु भएको छ,’ अध्यक्ष पोखरेलले भनिन् ।

यसअघि नर्सिङ संघको आइतबार बसेको बैठकले स्वास्थ्य मन्त्रालयले पारित गरेको नयाँ संरचनामा नर्सिङ महाशाखा नअटाएको । महाशाखाको प्रमुखको विषयमा अन्योलता उत्पन्न भएको विषयमा मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । यस्तै ओएसिस कलेजबाट नर्सिङ अध्ययन गरेका विद्यार्थीको सम्वन्धमा समेत छलफल गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *