यी हुन् चैतमा अवकाश पाउने स्वास्थ्यका तीन सहसचिव

काठमाडौँ, १८ चैत । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाका निर्देशक डा. भीम आचार्यको सरकारी सेवा आज अन्तिम दिन । ६० बर्षे उमेर हदका कारण भोलिबाट उनी जागिरे जीवनबाट अवकाश हुँदैछन् ।

उनी मात्रै होइन चैत महिनामै अनिवार्य अवकाश पाउने स्वास्थ्य सेवाका अरु दुई जना सहसचिव पनि छन् । एक जना सहसचिव श्रीकृष्ण भट्टले गत ८ चैतमा अवकाश लिए । अर्का एघारौँ तहका डाक्टर केदार नरसिंह केसीले तीन दिन पछि अर्थात २१ चैत देखि अवकाश पाउँदैछन् ।

भट्ट विभाग अन्तरगर्तको राष्टिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक रहँदा अनिवार्य अवकाश लिएका हुन् । उता डा केसी अहिले राष्टिय क्षयरोग केन्द्रका कार्यकारी निर्देशक भएका छन् ।

सरकारी जागिरे जीवनको अन्तिम दिन भनेका डा आचार्यले सरकारी सेवामा चार बर्षे करार सहित तीस बर्ष काम गरेको बताए । उनले २०४८ सालमा मेडिकल अधिकृतको रुपमा सेवा प्रवेश गर्नु अघि ४ बर्ष करार सेवामा काम गरेका थिए ।

त्यसयता धेरै ठाँउको जिम्मेबारी निभाइयो । उनले भने, आज मेरो अन्तिम दिन भोलिबाट अफिस भनेर आत्तिनु पर्दैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *