चिकित्सक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ७६ प्रतिशत उत्तीर्ण

काठमाडौँ, १७ चैत ।  नेपाल मेडिकल काउन्सिलले आज लिएको चिकित्सक दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । केही बेर अघि प्रकाशित नतिजा अनुसार परीक्षामा सहभागी परीक्षार्थीमध्ये ७६.१५ प्रतिशत पास भएका छन् ।

काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीका अनुसार आजको परीक्षाका लागि एमबीबीएस तर्फ १ हजार ६५० जनाले फारम भरेका थिए । तर परीक्षामा १२ जना अनुपस्थित रहे । कुल १६३८ जनाले परीक्षा दिएकोमा १२१४ जना अर्थात ७४.११ प्रतिशत उत्तीर्ण भएका छन् ।

यस्तै बीडीएस तर्फ कुल ३०५ जनाले फारम भरेका थिए । तर आजको परीक्षामा १ जना अनुपस्थित रहँदा ३०४ जनाले परीक्षामा सहभागीता जनाए । ती मध्ये २६५ जना अर्थात ८७.१७ प्रतिशत उत्तीर्ण भएका छन् ।

छाउनीस्थित नेपालीसेनाको स्वास्थ्य विज्ञान अध्ययन् संस्थानमा विहान ९ देखि १२ बजेसम्म भएको परीक्षामा पहिलो पटक सेन्टर काउन्सिलले केन्द्रलाई नै कभर गर्ने गरी जामरको प्रयोग गरेको थियो ।

पछिल्लो पटक मोवाइल तथा डिभाईस प्रयोग गरी चिट चोर्न थालेपछि काउन्सिलले नेपाल टेलिकम र नेपाल प्रहरीको सहयोगमा केन्द्रमा जामर प्रयोग गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *