मोवाइलको सहायतामा चिट चोर्ने क्रम बढेपछि चिकित्सकको लाइसेन्स परीक्षामा जामर प्रयोग

काठमाडौँ, १७ चैत । मोवाइल तथा डिभाइसको प्रयोग गरी चिट चोर्ने क्रम बढेपछि नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षा केन्द्रमा जामर प्रयोग गरेको छ । ‘नेपाल टेलिकम अथुरिटी बोर्ड’संगको स्वीकृति र नेपाल प्रहरीको सहयोगमा काउन्सिलले परीक्षा केन्द्रमा जामर प्रयोग गरेको जनाएको छ ।

परीक्षा केन्द्र छाउनीस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान अध्ययन संस्थानमा राखिएको छ । आजको परीक्षामा एमबीबीएस तथा बीडीएस पास गरेका १ हजार ९५६ जना सहभागी हुँदैछन् ।

काउन्सिलका रजिष्ट्रार डा दिलिप शर्माले मोवाइल तथा डिभाइसको प्रविधि प्रयोग गरि चिटिङ गर्ने क्रम बढेपछि जामरको प्रयोग गर्नुपरेको बताए । जामर प्रयोग गर्दा केन्द्र वरपरको मोवाइल अटोमेटिक रुपमा डिएक्टीभ हुन्छ ।

‘जामरको प्रयोग यत्तिकै गर्न पाइदैन । त्यसैले हामीले नेपाल टेलिकमको अथुरिटीसंग स्वीकृति लिएर । परीक्षा केन्द्रलाई कभर गर्ने गरी प्रहरीसंग जामर भ्यान मगाएका छौँ ,’ डा शर्माले भने । उनका अनुसार अहिले विहान ८ बजे देखि १२ बजेसम्म जामरको प्रयोग हुन्छ । उनले जामरको जिम्मा प्रहरीलाई नै दिइएको बताए ।

यसअघि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको एमबीबीएस लाइसेन्स परीक्षामा मोवाइलको सहयोगमा डिभाईस प्रयोग गरी चिट चोरेको भेटिएको थियो । त्यसअघि लाइसेन्स परीक्षामा समेत मोवाइलको डाटा प्रयोगगरी चिटिङ गर्ने गरेको भेटिएको थियो ।
परीक्षार्थीले प्रविधि प्रयोग गर्न थालेपछि काउन्सिलले जामर प्रयोग गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *