कांग्रेस नेता खुमबहादुर खड्काको निधन

काठमाडौँ, १६ चैत ।  कांग्रेस नेता एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत उनको केही बेर अघि निधन भएको हो ।

गत फागुन ४ गते राती बाथरुम जाँदा लडेका खड्कालाई परिवारले तत्कालै थापाथलिस्थित नर्भिक अस्पताल पुरयाइएको थियो । त्यहाँ दुई दिन उपचार गरेपछि ६ फागुनमा एपोलो अस्पताल लगिएको थियो ।

लामो समय देखि उपचार गरेपनि स्वास्थ्यमा सुधार भने आउन सकेन । पछिल्लो डेढ हप्ता देखि उनको स्वास्थ्य झनै विग्रिएको परिवारले जनाएको थियो ।

मिर्गौला फेल भएका खड्काको अढाई बर्ष अघि एपोलो अस्पतालमै प्रत्यारोपण गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *