पाकिस्तानी किशोरमा फैलिएको ३५ किलोको ट्युमर चिकित्सकले हटाइदिए

एजेन्सी । पाकिस्तानी चिकित्सकहरुले एक किशोरको कम्मर मुनी (हिप र जाङ्गमा) फैलँदै गएको करीब ३५ केजी ट्युमर शल्यक्रिया गरी फ्याकिदिएका छन् । नोरियाबाद कराचीका १८ बर्षीय किशोर मोहमद इसा पल्लारीको हिप र जाङ्गमा बढ्दै गएको ट्युमर शल्यक्रिया गरी फ्याकिदिएका हुन् ।

ती किशोरको गत बुधबार कराँचीमा रहेको डा रुथ पिफउ हस्पिटलमा शल्यक्रिया भएको थियो । शल्यक्रिया सम्पन्न गर्न चिकित्सकहरुलाई चार घण्टा लागेको बताइएको छ ।

शल्यक्रियामा सहभागी चिकित्सकहरुले यति ठूलो ट्युमरको केश यसअघि आफूहरुले कहिल्यै नदेखेको र नगरेको बताए । उनीहरुले आफूहरुले गरेको शल्यक्रिया अत्यन्तै जटिल र यो अकारको ट्युमर हटाएको पाकिस्तानकै पहिलो भएको दावी गरेका छन् ।

शल्यक्रियामा सहभागी डा नउशद शेख भन्छन्, ‘मेरो जीवन कालमा यति ठूलो ट्युमर देखेको थिइन त्यो पनि पाकिस्तानमै जो हामीले भर्खरै फ्यालेका छौँ ।’

उनले सो ट्युमर फ्याक्न गरिएको सर्जरी निकै जटिल सर्जरी भएको र त्यसका लागि आफूहरुलाई ४ घण्टा लागेको बताए । उनले हिपबाट फैलिदै गएको सो ट्युमर झण्डै ३५ केजी रहेको बताए ।

चिकित्सकहरुले सर्जरीलाई दुई चरणमा योजना बनाएका थिए । ट्युमरको केही भाग संक्रामक जस्तो देखिएको र अरु सद्धे भागमा संक्रमण नहोस भनेर हिपबाट त्यसलाई छुट्याउने काम भयो । दोस्रो चरण एक महिना पछि गरिनेछ । त्यतिवेला उनको ट्युमर सम्पूर्ण रुपमा निकालिने छ ।

परिवारका अनुसार मोहमद जन्मेको १३ बर्षसम्म सामान्य थिए । उनलाई कुनै रोग देखिएको थिएन । उनका पिता अल्लाह दिनो भन्छन्,’ तर त्यसपछिका पाँच बर्षमा विस्तारै लक्षणहरु देखिन थालेको थियो । र दिनहुँ बढदै गयो ।’

मोहम्मदको शुरुमा हिपको भागमा सानो डल्लो देखा परेको थियो । तर आर्थिक अभावमा रहेका गरीव परिवारले सो डल्लोलाई वेवास्ता गरे । तर दिन दुई गुना रात चौगुना भनेजस्तै गरी सो डल्लो त्यसभागको वरपर डरलाग्दो गरी फैलियो । त्यसले दाँया खुट्टा लाई समेत अपांग बनाइदियो । उनी हिडडुल गर्न त के कुरा राम्ररी उभिन समेत सक्दैनथे ।

यसैक्रममा मार्च महिनाको शुरु तिर एक जना सामाजिक अभियन्ता जुल्फकर सोनाग्लीले मोहमद इसाको तस्विर फेसबुकमा पोष्ट गर्दै भने ‘उपचारका लागि सहयोग आवश्यक ।’ सो तस्विर पोष्ट गरे लगत्तै भाइरल हुन पुग्यो ।

कराचीको स्थानीय सरकारले मोहमदको सम्पूर्ण उपचार खर्च आफेले बेहोर्ने घोषणा गरयो । मोहमदका पिता अल्लाह डिनो जो अहिले पनि ट्याक्टर चलाउँछन्, उनले छोरोको ट्युमर सफलतापूर्वक निकाल्दिएको भन्दै चिकित्सकहरुलाई धन्यावाद दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *