स्वास्थ्य मन्त्रालयको नयाँ संरचना प्रति धारणा बनाउन नर्सिङ संघले डाक्यो आकस्मिक बैठक

 

काठमाडौँ, १६ चैत । स्वास्थ्य मन्त्रालयको नयाँ संरचनाको बारेमा धारणा बनाउन नेपाल नर्सिङ संघले आकस्मिक बैठक डाकेको छ । संघले आइतबार विहान ८ बजेका लागि बैठक डाकेको हो ।

मन्त्रालयको पुनर्सरचना गर्दा छुट्टै नर्सिङ  महाशाखाको हुनुपर्ने माग गरेको संघले त्यो अनुसार नभएको सुईको पाएपछि धारणा बनाउन बैठक डाकेको जनाएको छ । ‘हामीलाई आधिकारिक रुपमा थाह छैन तर बिहीबारको मन्त्रिपरिषद बैठकले निर्णय गरेको भन्दै आएका संगठन संरचनाका समाचार यदि सहि हो भने त्यो चित्तबुझ्दो छैन् । त्यसैले आइतबार विहान बैठक डाकेका छौँ,’ संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेलले बताइन ।

उनले आफूहरुको माग नर्सिङ महाशाखा हुनुपर्ने । र त्यसको नेतृत्व जो सुकैले गर्न सक्ने गरी बनाएपनि हुने खालको आफूहरुको माग रहेको बताइन ।

उनले विहीबार नै मुख्य सचिवलाई आफूहरुले नयाँ संरचनाबारेमा ध्यानाकर्षण गराईसकेको भन्दै आइतबार स्वास्थ्य मन्त्रीको जिम्मेबारी लिएका प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराउने तयारी रहेको बताइन ।

सामान्य प्रशासन मन्त्रालयले तयार गरेको स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा पाँचवटा महाशाखा र १६ वटा शाखा रहने उल्लेख छ । पाँचवटा महाशाखामा नीति, योजना तथा अनुगमन महाशाखा, गुणस्तर मापन तथा नियमन महाशाखा, स्वास्थ्य समन्वय महाशाखा, जनसंख्या व्यवस्थापन महाशाखा, प्रशासन महाशाखा रहेका छन् ।

यस्तै १६ वटा शाखाहरुमा नीति तथा योजना शाखा,अनुगमन तथा मुल्यांकन शाखा, चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखा, आयुर्वेद तथा बैकल्पिक चिकित्सा शाखा र गुणस्तर, मापदण्ड तथा नियमन शाखा रहेका छन् ।

यस्तै सुचना प्रबिधि शाखा, प्रादेशिक तथा स्थानीय स्वास्थ्य समन्वय शाखा, बहुक्षेत्रीय समन्वय शाखा, विकास सहायता समन्वय शाखा, सार्वजनिक सुचना तथा समन्वय शाखा र जनसंख्या व्यवस्थापन तथा सुचना शाखा रहेका छन् । यसैगरी लैंगिक समानता तथा समावेशिकरण शाखा, कर्मचारी प्रशासन शाखा, आर्थिक प्रशासन शाखा, कानुन शाखा र आन्तरिक प्रशासन शाखा राखिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *