आमाको उपचार गर्न आएकी महिलामाथि ‘नक्कली डाक्टर’ बनेर बलात्कार

काठमाडौँ, १५ चैत । बाँसबारीस्थित गंगालाल अस्पतालमा आमाको उपचार गर्न आएकी एक जना महिला नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् । गत ६ चैतमा आमालाई लिएर उपचार गर्न बाँसबारीस्थित शहिद गंगालाल अस्पताल पुगेकी ती महिला आफूलाई डाक्टर बताउने तानसेन नगरपालिका – ११ स्थायी घर भई कामनपा – २६ मा डेरागरी बस्ने २७ बर्षीय अर्जुन कोइरालाबाट बलात्कृत भएकी हुन् ।

घटना गत ६ चैत दिउसो साढे १ बजेको हो । काठमाडौँ प्रहरीका अनुसार गत ६ चैतमा विहान अस्पताल परिषरमा भेटिएका कोइरालाले ती महिलासंग सामान्य  चिनजान गरी आफ्नो नाम डाक्टर सन्तोष घले भएको बताएका थिए ।

कुराकानीकै क्रममा कोइरालाले अस्पतालमा आफ्ना थुप्रै साथी रहेको र उपचारमा सहयोग गर्ने आश्वासन दिएर ललाई फकाई गरी ती महिलालाई आफ्नी सानीआमालाई भेटन सामाखुशी जाँउ भन्दै मोटरसाइकलमा राखेर हुईक्याएका थिए । तर उनले सामाखुशी होइन गोंगबुस्थित फुलबारी गेष्टहाउसमा लगे ।प्रहरी भन्छ, ‘दिउसोको साढे १ बजे सो होटलको दोस्रो तल्लाको एउटा कोठामा लगेर ती महिलामाथि पटक पटक बलात्कार गरेको छ ।’

बलात्कृत महिलाले उजुरी गरेपछि हुलिया र होटलको फुटेजको आधारमा गत मंगलबार कोइरालालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउपछि सोधपुछ गर्दा उ डाक्टर नभएको, सन्तोष घले नाम समेत नक्कली राखेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले कोइराला यसअघि नेपाली सेनामा कार्यरत रहेको र त्यतिवेला समेत जबरजस्ती करणी मुद्धा परी बर्खास्तीमा परेको जानकारी दिएको छ । कोइरालालाई महाराजगञ्ज प्रहरी बृत्तमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *