८० बर्ष माथिका बृद्धबृद्धाको स्वास्थ्य जाँच गर्न घरमै पुग्छन् स्वास्थ्यकर्मी

स्वास्थ्य परीक्षण गर्दैै सिअहेव मोहन ढकाल

पाल्पा, १५ चैत । जिल्लाको पूर्वखोला गाँउपालिकामा ८० बर्ष माथिका बृद्धबृद्धाको स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मीहरु घरघरमै पुग्ने गरेका छन् । ८० बर्ष पुगेका बृद्धबृद्धाहरु हिड्डुल गर्न अशक्त हुनसक्ने भन्दै स्वास्थ्यकर्मीहरु उनीहरुका घरमै पुगेर स्वास्थ्य जाँच गर्ने गरेका हुन् ।

पूर्वखोला गाँउपालिकाका सूचना अघिकारी समेत रहेका सीअहेव मोहन ढकालका अनुसार पछिल्लो तीन महिनामा सो गाँउपालिकाले विभिन्न वडाका २६० बढी बृद्धबृद्धाको घरमै पुगेर उपचार गरेको छ । ‘छ वटा मध्ये पाँचवटा वडामा हामीले यो कार्यक्रम लगिसक्यौँ । अब एउटा मात्रै वडा बाँकी छ,’ ढकालले भने ।

गाँउपालिकाले तालिका बनाएरै ८० बर्ष माथिका स्वस्थ रहेका बृद्धबृद्धाको बर्षमा एक पटक उच्चरक्तचाप, मधुमेह सहित जनरल चेकअप गर्ने गरेको हो । ‘उनीहरुका लागि आवश्यक औषधि समेत निशुल्क उपलव्ध गराउँने गरेका छौँ,’ सूचना अधिकारी ढकालले भने ।

हरेक वडामा स्वास्थ्य चौकी रहेको पूर्वखोला गाँउपालिकामा बृद्धबृद्धाको स्वास्थ्य परीक्षणका लागि गाँउ पालिकाबाट दुई जना र स्थानीय स्वास्थ्य संस्थाबाट दुई जना स्वास्थ्यकर्मी खटिन्छन् ।

स्वास्थ्य परीक्षण गर्दै गाँउपालिका इन्जार्ज सीअहेव श्रीराज आचार्य

गाँउपालिकामा हेल्थ अहिसस्टेन्ट, सीअहेव, स्टाफ नर्स तथा अनमीहरु कार्यरत छन् । त्यसो त ८० बर्ष माथिका बृद्धबृद्धाको घरमै गएर स्वास्थ्य परीक्षण गर्ने नीति बनाई लागू गर्ने पूर्वखोला जिल्लाकै एक मात्र गाँउ पालिका हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *