‘मुख तथा दन्त स्वास्थ्य कार्यक्रमलाई सरकारले प्राथमिकता दिनेछ’

काठमाडौँ, ६ चैत ।  स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले मुख तथा दन्त स्वास्थ्य कार्यक्रमलाई सरकारले प्राथमिकता दिने बताएकी छन् । उनले मुख तथा दन्त स्वास्थ्यलाई प्राथमिकता दिएर शरीरका अरु अंगमा हुनसक्ने संक्रमण रोगको रोकथाममा न्युनिकरण गर्ने बताएकी हुन् ।

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालद्धारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सरकारले गैरसकारी तथा निजी क्षेत्रसंग साझेदारी गरी मुख तथा दन्त स्वास्थ्य कार्यक्रमलाई अघि बढाउने बताइन ।

‘अहिले पनि हात खुट्टा भाचियो वा चोट लाग्यो भने जति गम्भीर भइन्छ दाँतमा चोट लाग्दा वा मुखको स्वास्थ्य विग्रँदा त्यति गम्भीर बनेको पाइदैन मन्त्री अर्यालले भनिन त्यसलाई चिर्नका लागि पनि सरोकारवाला निकायसंग सहकार्य जरुरी छ,’ उनले भनिन ।

मन्त्री अर्यालले करीब २३०० को हाराहारीमा रहेका दन्त चिकित्सकहरु अधिकांश विदेश पलायन भएको भन्दै तिनीहरुलार्इृ स्वदेश फर्काउने बाताबरण आफूले तयार पार्ने आश्वासन दिइन ।

कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्य सचिव डा प्रविण मिश्रले सरकारले मुख स्वास्थ्य नीति ल्याइसकेको भन्दै त्यसलाई कार्यान्वनयमा ल्याउन आवश्यक रहेको बताए । उनले शरीरको गेटवेको रुपमा रहेको मुखलाई स्वास्थ्य राखे शरीरमा रोग लाग्न सक्ने सम्भावना ६० प्रतिशतले कमी हुने बताए ।

कार्यक्रममा केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले मुख तथा दन्त स्वास्थ्यको कार्यक्रमलाई केडीसीले जनस्तरसम्म पुरयाएको बताए । उनले देशका ५२ वटा जिल्लामा मुख तथा दन्त शिविरको आयोजना गरेको भन्दै राज्यले गर्न नसकेका कतिपय काममा निजी क्षेत्रले सहयोग पुराएको बताए ।

उनले केडीसी मुख तथा दन्त स्वास्थ्यको पर्याय रहेको भन्दै दक्ष चिकित्सक तथा अत्याधुनिक मेसिन उपकरणबाट उपचार हुने गरेको बताए ।
फेडरेसन डेन्टल इन्टरनेशनलले सन् २००८ देखि नै हरेक बर्ष २० मार्चलाई विश्व मुख स्वास्थ्य दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *