तपाईँ आफ्नो दाँत माझ्ने ब्रसको सफाईमा कत्तिको सचेत हुनुहुन्छ ?

स्वस्थ जीवनका लागि मात्रै होईन तपाईँको मुहारमा सधै मुस्कुराहट देखिनका लागि पनि दाँत सबैभन्दा स्वस्थ हुन जरुरी छ । र स्वस्थ दाँत बनाउनका लागि सबैभन्दा महत्वपूर्ण भूमिका खेल्छ टूथब्रसले । टूथब्रसले हाम्रो दाँतमा जमेर रहेको खानाका अंशहरु तथा अन्य फोहर पदार्थ हटाउने काम गर्छ ।

त्यसैले सहि टूथब्रसको प्रयोग गर्नु हाम्रो लागि जरुरी विषय हो । तर सहि ब्रसको प्रयोगले मात्रै हुदैन त्यो भन्दा बढी जरुरी हुन्छ टूथब्रसको सरसफाई वा सफा तरिकाले राख्नु । जब हामी दाँत सफा गर्न ब्रस मुखमा छिराउछौँ , हाम्रो मुखभित्र रहेका हजारौँ लाखौँ व्याक्टेरियाहरु हाम्रो ब्रसका माध्यमले बाहिर आउछन । तर यदि ब्रसको सफाई गरिएन भने वा सफाई गर्न जानिएन भने ब्रसमै डेराजमाएका व्याक्टेरियाहरुले पुन तपाईँको मुखमा प्रबेश गर्दछन् । त्यसैले ब्रसको सफाईमा ध्यान पुरयाउनु अतिनै आवश्यक छ ।

टूथब्रसलाई सफा कसरी राख्ने ?

१. टूथब्रसलाई बन्द भाँडोमा नराखौँ । किनकी बन्दभाँडोमा राख्दा टूथब्रसमा हावा प्रवाह नभई किटाणु लाग्ने खतरा बढी हुन्छ ।23-1448255522-clean-toothbrush

२. ब्रस गरेपछि टूथब्रसलाई सधै ठाडो गरि राख्नुहोस । यसले गर्दा पखाल्दा ब्रसभित्र रहेको पानी तर्किन्छ र ब्रस सुख्खा हुन मद्दत गर्छ । जसको कारणले गर्दा किटाणुको संक्रमण हुदैन ।

23-1448255510-13-1384333276-dirtytoothbrush

३. टूथब्रसलाई शौचालय देखि कमसेकम २ फिटको दुरीमा राख्नुस, किनकी फ्लस गर्दा पानीमा भएका किटाणुहरु हावाद्वारा पुरा बाथरुममा फैलिन्छ, जुन ब्रसमा पनि लाग्नसक्छ ।

23-1448255528-toothbrush-toilet

४. टूथब्रस राख्ने भाँडो हप्तामा एक चोटी सफा गर्नुस, जसले गर्दा भाँडोमा भएका किताणुुहरु ब्रसमा लाग्न पाउदैन ।

23-1448255540-toothbrush-holder
५. घरका सदस्यहरुको ब्रस एकआपसमा छोइन नदिनुस् जसले गर्दा एक ब्रसमा भएको ब्याक्टेरिया अर्को ब्रसमा लाग्न पाउदैन ।23-1448255534-13-1384333728-toothbrushtouching

६. ब्रस गरिसके पछी ब्रसलाई राम्रोसंग हल्लाएर वा झड्कारेर सुख्खा बनाई राख्नुस, किनकी चिसो ब्रसमा किटाणु लाग्ने सम्भावना बढी हुन्छ ।

23-1448255628-13-1384333478-brushing

७. तपाईँले प्रयोग गर्ने ब्रस हरेक ३-४ महिनामा परिबर्तन गर्न जरुरी हुन्छ र यदी ब्रसको सफा गर्ने माथिलो भाग चाडै खराब भयो भने चाडै बदल्लनुपर्छ । लामो समय राख्दा ब्रस आफै संक्रमणमा पर्छ भने सफा गर्ने भाग नै विग्रिएको कारणले दाँतको राम्ररी सफा समेत हुदैन ।

  • एजेन्सीको सहयोगमा
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *