यी हुन् प्रदेशका स्वास्थ्य सम्हाल्ने सामाजिक विकास मन्त्रीहरू

काठमाडौँ, ५ चैत । स्वास्थ्य मन्त्रालयको समेत भूमिका निर्वाह गर्ने गरी ६ वटा प्रदेश सरकारमा सामाजिक विकास मन्त्री नियुक्त भइसकेका छन् । बाँकी एउटा प्रदेशमा भने अहिलेसम्म सामाजिक विकास मन्त्रीको टुंगो लागेको छैन ।

प्रदेश नं १, २, ३ र ५,६, ७ मा सामाजिक विकास मन्त्री टुंगो लागि सकेको छ । सबै भन्दा पहिले मुख्य मन्त्रीको टुंगो लागेको प्रदेश नं ४ मा सामाजिक विकास मन्त्रीको अझै टुंगो लागेको छैन ।

सामाजिक विकास मन्त्रालयले स्वास्थ्य, शिक्षा, सरसफाइ, महिला तथा युवा, खेलकुद, सामाजिक सुरक्षा, भाषा, संस्कृत र श्रम तथा रोजगार मन्त्रालयको जिम्मेबारी सम्हाल्ने छ ।

तीनवटा प्रदेशमा एमाले,  दुर्ईवटामा माओवादी र एउटामा राजपा
सामाजिक विकास मन्त्री नियुक्त भएका ६ प्रदेश मध्ये तीनवटामा एमालेका तर्फबाट निर्वाचित सांसद रहेका छन् । दुईवटा प्रदेशको सामाजिक विकास मन्त्रालय माओवादीबाट निर्वाचित सांसद नियुक्त भएका छन् । एउटा प्रदेशको सामाजिक विकास मन्त्रालय भने राजपाले सम्हालेको छ ।

प्रदेश नं १, ६ र ७ को सामाजिक विकास मन्त्रालय एमालेका तर्फबाट निर्वाचित सांसदले सम्हालेका छन् । प्रदेश नं ३ र ५मा माओवादीबाट निर्वाचित प्रदेश सांसद सामाजिक मन्त्रीको रुपमा नियुक्त भएका छन् । यता प्रदेश नं दुईमा भने राजपाबाट निर्वाचित सांसदले सामाजिक विकास मन्त्रालयको जिम्मा लिएका छन् ।

सामाजिक विकास मन्त्री को कस्ता ?

प्रदेश नं १ सामाजिक विकास मन्त्री जीवन घिमिरे

प्रदेश नं १को सामाजिक विकास मन्त्री बनेका जीवन घिमिरे नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । उनलाई प्रदेश नं १ को मुख्य मन्त्रीको रुपमा समेत हेरिएको थियो । उनी मोरङ क्षेत्र नं ४ ख बाट निर्वाचित प्रदेश सांसद हुन् ।

प्रदेश नं २ सामाजिक विकास मन्त्री नवल किशोर साह

प्रदेश न. २ बाट सामाजिक विकास मन्त्री बनेका नवल किशोर साह राष्ट्रिय जनता पार्टीका बरिष्ठ उपाध्यक्ष हुन् ।

प्रदेश नं ३ सामाजिक विकास मन्त्री युवराज दुलाल

यता प्रदेश नं ३ मा सामाजिक विकास मन्त्री बनेका युवराज दुलाल शरद माओवादी केन्द्र आवद्ध हुन् । उनी गत निर्वाचनमा सिन्धुपाल्चोक २ कबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सांसद हुन् ।

प्रदेश नं ५ सामाजिक विकास मन्त्री सुदर्शन बराल

यता आजै मात्र प्रदेश नं ५को सामाजिक विकास मन्त्रीमा नियुक्त भएका सुदर्शन बराल नेकपा माओवादी केन्द्र पार्टीका तर्फबाट प्रदेश सभामा निर्वाचित सांसद हुन् । उनी गुल्मी प्रदेश नं १ क बाट निर्वाचित भएका थिए ।

प्रदेश नं ६ सामाजिक विकास मन्त्री दल रावल

उता प्रदेश नं ६ को सामाजिक विकास मन्त्रालयको जिम्मा दल रावलले लिएका छन् । उनी एमालेका तर्फबाट हुम्ला प्रदेश सभा कबाट निर्वाचित प्रदेश सांसद हुन् ।

प्रदेश नं ७ सामाजिक विकास मन्त्री दीर्घ सोडारी

प्रदेश नं ७ को सामाजिक विकास मन्त्री एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित दीर्घ सोडारी भएका छन् । उनी एमाले कैलालीका पार्टी अध्यक्ष हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *