लमजुङमा टेलिमेडिसिन सेवा सञ्चालनमा आउँदै

बेसीशहर, ४ चैत । लमजुङका जिल्ला अस्पताल एवं स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा शुरु हुने भएको छ। आधुनिक प्रविधिको प्रयोग गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन टेलिमेडिसिन सेवा शुरु गर्न लागिएको हो।

जिल्लाका स्वास्थ्यकर्मीलाई प्रशिक्षण एवं बिरामी उपचारका लागि टेलिमेडिसिन सेवा शुरु गर्न लागिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
काठमाडौँमा रहेका वरिष्ठ चिकित्सकबाट जिल्ला अस्पताल एवं स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवालाई निरन्तरता दिने जनस्वास्थ्य प्रमुख केशव चापागाईले बताए।

जनस्वास्थ्य कार्यालयको समन्वयमा शुक्रबार लमजुङ जिल्ला सामुदायिक अस्पतालमा टेलिमेडिसिन सेवा परीक्षण गरिएको छ।
परीक्षण सेवामा पहिलो दिन राष्ट्रिय बाथ रोग केन्द्र (एनसिआरडी) का चिकित्सकले स्वास्थ्यकर्मीलाई बाथ रोगको बारेमा प्रशिक्षण गराएका थिए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *