केडीसीद्धारा मनमैजुमा दन्त शिविर, १५० जनाको परीक्षण

काठमाडौँ, ४ चैत । स्थानीय जनताको दन्त स्वास्थ्य प्रति चासो दिँदै शनिबार मनमैजुमा बृहत निशुल्क दन्त स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा स्थानीय नविन नगर उपभोक्ता तथा टोल विकास समितिले आयोजना गरेको उक्त एक दिने शिविरमा १५० जनाले द्धन्त परीक्षण गरेका थिए । शिविरका लागि कान्तिपुर डेन्टलबाट डा. सृष्टी शाहको नेतृत्वमा १५ जना स्वास्थ्यकर्मी खटिएका थिए । 

सो शिविरमा आउनेहरुको दाँत परीक्षण, ब्रस गर्ने तरिका तथा मुख स्वास्थ्यको महत्वबारे जानकारी दिइएको डा. शाहले बताइन ।

परीक्षण गर्न आउनेहरुमा दाँत किराले खाने समस्या, गिँजा सँम्वन्धी समस्या देखिएको उनले जानकारी दिइन । थप उपचार गर्नुपर्नेलाई कान्तिपुर डेन्टल कलेजका लागि रिफर गरिएको उनले जानकारी दिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *