घोडाघोडीका मेयर चौधरीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा

काठमाडौँ, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीको स्वास्थ्य अवस्था जानकारी लिएका छन् ।

शनिबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर उनले चौधरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । प्रधानमन्त्री ओलीसंग एमाले नेताहरु समेत चौधरीलाई भेटन अस्पताल पुगेका थिए ।

मेयर चौधरीलाई अपरिचत समुहले गत सोमबार (फागुन २८ गते) घोडाघोडी मै गोली र खुकरी हानेर सख्त घाइते भएका थिए । उनको उपचार केही दिन नेपालगञ्ज मेडिकल कलेजमा गरेर राजधानी ल्याइएको हो ।

उपचारमा खटिएका डा प्रदीप थापाले प्रधानमन्त्री ओलीलाई चौधरीको अवस्था खतरामुक्त रहेको जानकारी दिए । चौधरीलाई भेटेपछि प्रधानमन्त्री ओलीले चौधरीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे । उनले चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सक तथा अस्पताल प्रशासनलाई निर्देशन समेत दिए । ‘उपचार खर्च सरकारले व्योहोर्छ’ प्रधानमन्त्री ओलीले भने ‘उहाँको उपचारमा कुनै पनि कसर बँँकी नराखी उपचार गर्नुहोस ।’

प्रधानमन्त्री ओलीले चौधरीको ज्यान मार्ने उद्योगले भएको गोलीकाण्डको निष्पक्ष छानविन हुने परिवारका सदस्यलाई बताए । ‘घटनाको छानविन हुन्छ’ प्रधानमन्त्री ओलीले भने ‘दोषीले उम्कन पाउदैनन् । उनीहरुलाई कानुन अनुसार कारबाही हुन्छ ।’

चौधरीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओलीका साथमा नेकपा(एमाले)का नेता सुवासचन्द्र नेम्वाङ,प्रधानमन्त्रीका मुख्य सल्लाहाकार बिष्णु रिमाल,एमाले केन्द्रीय सदस्य डा.राजन भट्टराई समेत अस्पताल पुगेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *