नवनियुक्त स्वास्थ्य राज्य मन्त्री अर्यालले गरिन पदबहाली

काठमाडौं, २ चैत । नवनियुक्त स्वास्थ्य राज्य मन्त्री पद्मा अर्यालले पद बहाली गरेकी छन् । केहिबेर अघि स्वास्थ्य मन्त्रालय पुगेर उनले पदबहाली गरेकी हुन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नंं २ बाट बिजयी अर्यालले तत्कालीन उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठलाई पराजित गरेकी थिइन् ।

पदबहाली पछि सम्छिप्त प्रतिक्रिया दिदै सबैको सहयोगमा स्वास्थ्य क्षेत्रलाई माथी उठाउने बताइन् । उनलाई स्वाथ्य सचिब डा पुष्पा चौधरीले स्वागत गरेकी थिईन् । सो अबसरमा मन्त्रालय तथा बिभागका कर्मचारीको उपस्तिथि थियो ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *