प्रसिद्ध भौतिकशास्त्री स्टेफेन हकिन्सको निधन

एजेन्सी । भौतिकशास्त्री तथा प्रसिद्ध वैज्ञानिक स्टेफेन हकिन्सको निधन भएको छ।  ७६ बर्षका हकिन्सको आज विहान बेलायतको क्याम्ब्रिजस्थित आफ्नै निवासमा निधन भएको हो ।

डेलीमेलका अनुसार हकिन्सका तीन सन्तानहरु लुसी, रोबर्ट र टिमले केही बेर अघि बक्तव्य जारी गर्दै उनको मृत्यु भएको जानकारी दिएका हुन् । उनीहरुले जारी बक्तव्यमा भनेका छन्, ‘आदरणीय बुबाको निधनले हामीलाई स्तव्ध पारेको छ । उहाँ एक महान बैज्ञानिक तथा असाधारण मानिस हुनुहुन्थयो । जसको काम र विराशत बर्षौ सम्म याद गरिनेछ ।’

व्ल्याक होल र रिलेटिभिटीको गहिरो अध्ययन गरेका बैज्ञानिक हकिन्स सन् १९६३ मा जतिवेला हकिन्स २१ बर्षका थिए, उनमा एएलएस नामक स्नायु रोग देखा परयो । सो रोगका कारण उनी सो रोगका कारण उनी त्यतिवेला देखि नै प्यारालाइसिसको सिकार भएका थिए र ह्वील चियरमा आश्रीत हुन पुगे ।

त्यतिवेला उनको उपचारमा सम्लग्न डाक्टरहरुले उनी केही बर्ष मात्रै बाच्ने बताएका थिए । उनको एउटा हातको केही औला मात्रै चल्ने उनले दैनिक कामको लागि प्रविधि र अरुको सहायता लिन बाध्य थिए ।

उनले लेखेको पुस्तक अ ब्रिफ हिस्ट्री अफ टाइम पुस्तक निकै चर्चित छ । सो पुस्तक एक करोड प्रति विक्री भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *