चिकित्सकहरुको निधन प्रति एनएमए र एनडीएद्धारा दुख व्यक्त

काठमाडौँ, २९ फागुन । नेपाल चिकित्सक संघ (एनएमए)ले हिजो भएको विमान दुर्घटनामा बरिष्ठ न्युरो सर्जन डा.  बालकृष्ण थापा सहित अरु ११ जना चिकित्साशास्त्रका विद्यार्थीको निधन भएको भन्दै दुख व्यक्त गरेको छ ।

संघका महासचिव डा. लोचन कार्कीले आज जारी गरेको विज्ञप्तीमा दुख व्यक्त गरिएको हो ।

उता राष्ट्रिय चिकित्सक संघ (एनडीए) नेपालले विमान दुर्घटनामा डा. थापासहित निधन भएका चिकित्साशास्त्रका विद्यार्थीप्रति गहिरो दुख प्रकट गरेको जनाएको छ । एनडीएएनका महासचिव डा रमेश ढकालले विज्ञप्ती जारी गर्दै दुख प्रकट गरेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *