विमान दुर्घटनामा एमबीबीएस सकेर फर्केका ११ जनाको ज्यान गयो, २ जना उपचाररत


काठमाडौँ, २९ फागुन । काठमाडौँ, २९ फागुन । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बांगला एयरको विमान दुर्घटना हुँदा एमबीबीएस अध्ययन सकेर स्वदेश फर्किएका १३ जना नेपाली विद्यार्थी मध्ये ११ जनाको ज्यान गएको छ । मृतक विद्यार्थीहरु सबै राजीव रबेया मेडिकल कलेजका हुन् ।

एमबीबीएस अन्तिम वर्षको परीक्षा दिएर रिजल्ट आउनुअघि १३ जना विद्यार्थी दुई महिनाको घर विदामा नेपाल आएका थिए । तिमध्ये ११ जनाको मृत्यु भएको र दुई जना घाइते भएको कलेजका प्रिन्सिपल अबेद होसेनलाई उद्धृत गर्दै ढाका ट्रिव्यूनले समाचार लेखेको छ ।

मृत्यु हुनेहरुमा एल्जिना बराल, चारु बराल, पूर्णिमा लोहनी, मिली महर्जन, नीगा महर्जन, सन्जय महर्जन, सन्जय पौडेल, आशा शाक्य, एन्जिला श्रेष्ठ, सरुना श्रेष्ठ र स्वेता थापा रहेका छन् ।

उपचाररत प्रिन्सी धामी र समिरा व्यन्जनकार

दुई विद्यार्थीहरु प्रिन्सी धामी र समिरा व्यन्जनकारको भने अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

सोही विमानमा यात्रा गरेका चितवनस्थित भरतपुर क्यान्सर अस्पतालका बरिष्ठ न्युरो सर्जन डा. बालकृष्ण थापाको समेत ज्यान गएको छ ।

सोमबारको दुर्घटनामा ४९ मध्ये २२ जना नेपाली परेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *