‘विमान खरानी भयो तर पुस्तक जलेन’

काठमाडौँ, २९ फागुन । अवतरणको क्रममा सोमबार दिउसो भएको विमान दुर्घटनामा ४९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमध्ये दर्जन बढी बंगलादेशमा गई चिकित्साशास्त्र अध्ययन पुरा गरि फर्कदै गरेका नेपाली विद्यार्थी थिए ।

दुर्घटनामा परेको विमान पूर्ण रुपमा जलेको छ । ज्यान गुमाउनेहरु पनि अधिकांश पूर्णरुपमा जलेका छन् । विमान जलेपछि उनीहरुको साथमा आएको सबै समान खरानी भएको छ । तर दुर्घटनास्थलमा एउटा मेडिसिन सम्वन्धी पुस्तक भेटिएको छ । त्यो पनि नजलेको अवस्थामा ।

‘व्यक्ति जलेपनि साथमा ल्याएको पुस्तक नजलेको’ भन्दै हिजो देखि सामाजिक सञ्चालमा सो पुस्तकको तस्विर भाइरल भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *