विमान दुर्घटनाका चार जना घाइते नर्भिकमा

काठमाडौँ, २८ फागुन । अबतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको युएस बाङ्लाको विमानका चार जना घाइतेलाई नर्भिक अस्पताल पुरयाइएको छ ।

अस्पतालका सञ्चार अधिकृत आरपी मैनालीले चार जना गम्भीर अवस्थाका घाइतेहरु अस्पताल ल्याइएको बताए । अरु केही घाइतेहरु ल्याउदै गरेको खवर आएको भन्दै तयारी अवस्थामा बसेको जानकारी दिए ।

दुर्घटनाका अरु घाइतेलाई सिनामंगल स्थित केएमसी अस्पताल, मिनभवनस्थित निजामति कर्मचारी अस्पताल पुरयाइएको छ ।

तस्बिर सौजन्य : रिया भण्डारी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *