बायाँको सट्टा दायाँ घुँडा शल्यक्रिया गर्ने डाक्टरद्धयलाई काउन्सिलले गर्‍यो निलम्बन

काठमाडौँ, २६ फागुन । नेपाल मेडिकल काउन्सिलले बाँया घुँडाको शल्यक्रिया गर्नुपर्ने विरामीको दाँया घुँडाको शल्यक्रिया गर्ने डाक्टरद्धय प्रविण नेपाल र शैलेस रञ्जीतकारलाई मेडिकल प्राक्टिस गर्न नपाउने गरी एक महिना निलम्बनमा राख्ने निर्णय गरेको छ । काउन्सिलको गत २३ फागुनमा बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

नर्भिक अस्पतालमा कार्यरत डाक्टरद्धय नेपाल र रन्जितकारको टोलीले गत ११ फागुनमा बायाँ घुडाको शल्यक्रिया गर्न आएकी चितवनकी बिन्दु पौडेलको दायाँ घुँडाको अप्रेशन गरेका थिए । सो घटना सार्वजनिक भए लगत्तै काउन्सिलले प्रारम्भिक छानवीन गरि निलम्बनको निर्णय लिएको हो ।

‘हामीलाई कसैले उजुरी गरेको थिएन । तर घटना गम्भीर देखेपछि हामी आफैले छानवीन अघि बढायौँ र यस्तो निर्णय लिएका हौँ । छानवीन अझै सकिएको छैन । पछि ठहरे बमोजिम हुने गरी अहिलेलाई मेडिकल प्राक्टिस गर्न नपाउने गरी यो निर्णय गरेका हौँ,’ काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *