पसिना के हो ? शरीरबाट कसरी निस्कन्छ ?

अत्यधिक पसिना आउँदा शरीरमा विभिन्न प्रकारका पसिना उत्पादन गर्ने ग्रन्थीहरूले काम गरेका हुन्छन् । महिला र पुरुषले भिन्दाभिन्दै परिमाणमा पसिना निकाल्छन् । औसत प्रौढ पुरुषले हरेक दिन सोही उमेरका महिलाले भन्दा चार गुणा बढी पसिना निष्काशन गर्छन् ।

शरीरलाई बढी तातो हुनबाट जोगाउँछ

एक्सपेरिमेन्टल फिजियोलोजी नामक जर्नलमा प्रकाशित एक अध्ययनअनुसार व्यायामका क्रममा महिलाले भन्दा पुरुषले बढी प्रभावकारी ढंगले पसिना निष्काशन गर्छन् । कतिपयले धेरै पसिना आउनुलाई घट्दो फिटनेससँग तुलना गरे पनि यो सत्य होइन ।

बढ्दो व्यायामले शरीरलाई चिसो बनाउँछ । पसिनाबाट आउने पानी उडेर शरीरलाई चिसो बनाउँछ र शरीरलाई बढी तातो हुनबाट जोगाउँछ ।

पसिनालाई वंशाणुगत तत्वले पनि प्रभाव पार्छ

पसिनालाई वंशाणुगत तत्व हिस्टोकम्प्याटिबिलिटी कम्प्लेक्सले पनि प्रभाव पार्छ । यिनै तत्वहरूका कारण विभिन्न मानिसले विभिन्न तरिकाले पसिना निष्काशन गर्छन् ।

कुनैकुनै व्यक्तिमा पसिना आउने ग्रन्थी हाइपरहिड्रोसिस अत्यधिक सक्रिय हुँदा धेरै पसिना आउने गर्छ । यस्ता मानिसमा विनाकुनै कारण (श्रम) पसिना आउँछ ।

हाइपरहिड्रोसिस हत्केला, पैताला, काखी र अनुहारमा सक्रिय हुने हुँदा यी स्थानमा बढी पसिना आउँछ । यो कुरा पनि ख्याल गर्नुपर्छ कि हाइपरहिड्रोसिसले क्यान्सर र पार्किन्सनलगायत अन्य रोगको संकेत पनि गरेको हुन्छ ।

पसिना निकाल्ने ग्रन्थी दुईवटा

हाम्रो शरीरमा दुई प्रकारका पसिना ग्रन्थी हुन्छन् । एक प्रकारको पसिनालाई इस्राइन पसिना ग्रन्थी भनिन्छ भने अर्को एप्रोक्राइन पसिना ग्रन्थी भनिन्छ । इस्राइन पसिना ग्रन्थीले पानीजस्तो पसिना निष्काशन गर्छ । यो पानी र नुनबाट बनेको हुन्छ ।
तर, एप्रोक्राइन ग्रन्थी विशेष गरी पसिना र रौँ आउने अन्य स्थानमा आउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *