भारतको सर्वोच्च अदालतद्धारा ‘इच्छामरण’लाई सशर्त मान्यता


नयाँदिल्ली, २५ फागुन । भारतको सर्वोच्च अदालतले ‘इच्छा मरण’लाई सशर्त मान्यता दिने फैसला शुक्रबार सुनाएको छ ।

आफ्नो उपचार नगराउन पाउने र आफ्नो उपचार कसरी गराउने भन्ने अधिकार विरामीको भएकाले इच्छामरण गर्न पाउने फैसला सुनाएको हो ।

सर्वोच्च अदालतले स्थायी रुपमै निस्क्रिय हुने र केही बताउन नसक्ने अवस्थाको विरामीले इच्छामरणका लागि पहिले नै आफन्त मार्फत् अनुमति दिन सक्ने उल्लेख गरेको छ ।

अचेतन अवस्थामा उपचार गराइरहेका वा उपचार गराउँदा झन बढी विरामी भएकाहरूलाई उपचार नगराउन पाउने व्यवस्था गर्न सकिने अदालतको आशय छ ।

यो फैसलाका लागि पाँच जना न्यायाधीशसहितको इजलाशको नेतृत्व गर्नुभएका भारतका प्रधान न्यायाधीशले भन्नुभयो, “मानिसले जीवनको अन्त्य सम्मानजनक तरिकाले गर्न पाउन सक्छन् ।”

अदालतले निर्देशिका बनाएर लागु गर्नुपर्नेमा जोड दिएको छ । साथै कसैले इच्छामृत्यु चाहेमा उसको उपचार विवरण ९मेडिकल रिपोर्ट० सहित अदालतमा निवेदन दिनुपर्ने र त्यसलाई अदालतले अनुमति दिनसक्ने आदेशमा उल्लेख छ । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *