यी हुन् कागती पानी पिउनुका सात फाइदा

कागति स्वस्थ्यका लागि लाभप्रदक चीज हो । यो जुनसुकै मौसममा पनि लाभदायी हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन सी पाइनुका साथै भिटामिन, मिनरल्स, प्रोटिन तथा कार्बोहाइड्रेस् जस्ता तत्व पाइन्छ ।

जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ यसले शरीरमा बिभिन्न किसिमका रोगहरु लाग्नबाट बचाउँछ ।

अन्य फाइदाहरु :

१. कागतिको रसलाई पानीमा राखेर सेवन गर्नाले शरीरमा पाचन क्रियालाई सन्तुलित बनाउनुका साथै एसिडिटी सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

२. यसको नियमित सेवनले शरीरमा बोसोपन तथा कोलेस्ट्रेरोलको मात्रालाई नियन्त्रण गर्न मद्दत गर्छ ।

३. कागति पानी पिउनाले मृर्गौलाको पत्थरी हुनबाट रोक्नुका साथै पिसाब सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

४. यसको सेवनले मधुमेह रोगीका लागि फाइदा हुनुका साथै शरीरमा चिनीको मात्रालाई नियन्त्रण गर्छ ।

५. कागति पानीमा प्रशस्तमात्रामा भिटामिन सी पाइनुका साथै फाइटोन्यूट्रियट्स हुन्छ जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरमा शक्ति प्रदान गर्छ ।

६. कागति पानीको नियमित सेवनले उच्च रक्तचाप नियन्त्रण गर्नुका साथै मानसिक तनाव तथा डिप्रेशन सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

७. यसमा एन्टी अक्सिडेन्ट प्रशस्तमात्रामा हुन्छ जसले त्वचालाई सुरक्षित राख्नुका साथै अनुहारको दाग हटाउन मद्दत गर्छ । साथै यसले पूजा गर्ने (तामा, काँस, पित्तल) भाँडा सफा गर्न पनि मद्दत गर्छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *