नेपालको सूर्ति नियन्त्रण अभियान वर्ल्ड टोवाको कन्फ्रेन्समा चर्चा, डब्लुएचओका महानिर्देशकले गरे प्रशंसा

केपटाउन, दक्षिण अफ्रिका । सूर्ति नियन्त्रण सम्वन्धी अभियानमा उत्कृष्ठ कार्य गरेको भन्दै विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेडरोस एड्नोम घेब्रेयससले नेपालको प्रशंसा गरेका छन् ।

दक्षिण अफ्रिकामा हिजो देखि शुरु भएको १७ औँ वर्ल्ड टोबाको कन्फरेन्सको उद्घाटन सत्रलाई सम्वोधन गर्ने क्रममा उनले नेपालको प्रशंसा गरेका हुन् ।

सम्वोधनका क्रममा उनले नेपाल सहितका केही राष्ट्रहरुले ग्राफिक हेल्थ वार्निङ मार्फत सूर्ति नियन्त्रण अभियानमा उत्कृष्ठ शुरुवात गरेको बताए । म भन्न चाहन्छु दक्षिण एसियाली देश नेपाल सहितका केही राष्ट्रले पीएचडव्लुको माध्यमबाट सूर्ति नियन्त्रणमा जुन अभियान शुरु गरेका छन् । यस्तै अन्य मुलुकले पनि गर्नुपर्ने आवश्यक भैसकेको छ । टेडरोजले भने ।

उनले सूर्ति उद्योगहरुले अहिले आफ्नो बजार न्यून आर्थिक भएका राष्ट्रहरुमा केन्द्रीत गरेको भन्दै त्यस विरुद्ध लड्न पनि यो सम्मेलन महत्वपूर्ण हुने बताए । उनले डव्लुएचओ एफसिटीसीमा सबै देश आवद्ध हुनुपर्ने बताए ।

कार्यक्रममा दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्री डा अरोन मोत्सोअलेडी, नसर्ने रोग विरुद्धको डव्लुएचओ ग्लोबल एम्बेस्डर माइकल आर ब्लुम्बर्ग, डव्लुएचओ एफसिटिसि हेड अफ् सेक्रेटेरियट डा भारा लुइजा डा कोष्टा इ सिल्भा लगायतले बोलेका सम्वोधन गरेका थिए ।

उनीहरुले बर्षेनी ७० लाख भन्दा बढी व्यक्तिको ज्यान जाने सूर्तिजन्य पदार्थको नियन्त्रण गर्न आवश्यक रहेको भन्दै सबैको प्रतिवद्धता चाहिने बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *