पाल्पामा १५ कुष्ठरोगका बिरामी फेला

पाल्पा, २३ फागुन । पाल्पा जिल्लामा यस आर्थिक वर्षमा १५ जना कुष्ठरोगका बिरामी फेला परेका छन् ।

साउनदेखि यता पुरुष १० र महिला पाँच गरी १५ जना कुष्ठरोगका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए । गत आवमा पुरुष १० र महिला नौ गरी जम्मा १९ जना कृष्ठरोगका बिरामी फेला परेको ज्ञवालीले बताए ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा ढिलो सर्ने हँुदा पनि यसको समयमा नै उपचार गरेमा रोग निको हुने उनको भनाइ छ । जिल्लाका ६६ वटा स्वास्थ्य संस्थाबाट यसको निःशुल्क उपचार भइरहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *