फिटकिरी प्रयोग गर्दा ९ फाइदा

पानी सफा बनाउन फिटकिरी प्रयोग गरिन्छ । तर, फिटकिरीको प्रयोगले कैयौँ रोग/समस्या निको पार्न पनि सकिन्छ । फिटकिरीमा हुने म्याग्नेसियम सल्फेट मानव कोषको महत्त्वपूर्ण हिस्सा हो । म्याग्नेसियमले शरीरमा तीन सयभन्दा बढी एनजाइम्सलाई सक्रिय बनाएर स्वस्थ राख्न मद्दत गर्छ ।

यस्ता छन् फिटकिरीका नौ फाइदा :

१. हप्तामा एकपटक मनतातो पानीमा फिटकिरी र डिप कन्डिसनर बराबर मात्रा मिलाएर कपालमा लगाएर १५–२० मिनेटपछि चिसो पानीले धुँदा कपाल कालो र बाक्लो बन्छ ।

२. हप्तामा दुई–तीनपटक तातोपानीमा एक कप फिटकिरी पाउडर मिलाएर १०–१५ मिनेटसम्म राखिदिने र त्यसपछि नुहाउने । फिटकिरीमा हुने म्याग्नेसियमले शरीरभित्रको हानिकारक पदार्थ बाहिर निकालिदिन्छ ।

३. एक कप पानीमा दुई चम्चा फिटकिरी घोलेर घामले डढेको भागमा लगाउने । १० मिनेटपछि धोइदिने, घामले डढेको ठाउँमा राहत मिल्छ ।

४. बाथटबमा फिटकिरी पानी राखेर नुहाउँदा मुटु स्वस्थ रहन्छ । हर्टअट्याकको खतराबाट जोगाउन मद्दत गर्छ ।

५. फिटकिरीमा भएको म्याग्नेसियमले जोर्नीको दुखाइमा फाइदा गर्छ । तातो पानीमा फिटकिरी राखेर दुखेको भागमा मालिस गर्दा आराम हुन्छ ।

६. फिटकिरी मिसाएको पानीले हप्तामा तीन दिन नुहाउँदा स्ट्रेसबाट बचाउँछ । म्याग्नेसियम स्ट्रेस हुन दिँदैन ।

७. बाथटबमा मनतातो पानीमा फिटकिरी राखेर दुखेको स्थान डुबाई मालिस गर्दा म्याग्नेसियमको मद्दतले मांसपेशीलाई आनन्द प्राप्त हुन्छ ।

८. हप्ताको एक दिन ठूलो एक चम्चा जैतुनको तेलमा एक चम्चा फिटकिरी पाउडर मिलाएर छालामा मालिस गर्दा मरेका छालाका पत्र हट्छ ।

९. दिनमा एकपटक फिटकिरी राखेको मनतातो पानीमा १५ मिनेटसम्म गोडा डुबाउँदा दुखेको समस्या निको हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *