सुधार केन्द्रमा आगलागी हुदाँ २५ को मृत्यु

बाकु, १९ फागुन । अजरबैजानको राजधानी बाकुमा रहेको लागु औषध दुव्र्यसनी सुधार केन्द्रमा शुक्रबार भएको आगलागीमा परी २५ जनाको मृत्यु भएको छ ।

आगलागी नियन्त्रण गर्न र आगलागीमा परेकाहरुलाई उद्धार गर्न उद्धारकर्ताहरुलाई झण्डै तीन घण्टा लागेको समाचारमा जनाइएको छ ।

राष्ट्रपति इल्हाम अलियेभीले घटनाका बारेमा छानविन गरेर दोषीलाई कारबाही गर्न सिफारिस गर्न एक सरकारी आयोग गठन गरेका छन् ।
उनले मृतकका परिवारजनलाई केही आर्थिक राहतको व्यवस्था गर्न पनि निर्देशन दिएको अधिकारीले जनाएका छन् ।

“स्थानीय समय अनुसार विहान ६।१० मा आगलागी भएको यहाँको विपद् व्यवस्थापन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

जलेर गम्भीर घाइते भएकामध्ये चार जनालाई अस्पताल भर्ना गरिएको छ । रासस÷एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *