मिर्गौला पीडितलाई रु दुई लाख १९ हजार

म्याग्दी, १७ फागुन । मिर्गौलाको रोगबाट ग्रसित म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थान मगरदाङकी नरू घर्तीको उपचारमा रु दुई लाख १९ हजार ७५१ संकलन भएको छ ।

दुवै मिर्गौलामा खराबी भएपछि फिस्टेल अस्पताल, पोखरामा उपचार गराइरहेकी घर्तीलाई सूर्यमुखी युवा क्लब, घरथोक देविस्थानले शुरु गरेको सहयोग संकलन अभियानमार्फत संकलित रकम एक कार्यक्रमबीच बुधबार पीडितलाई हस्तान्तरण गरिएको छ । क्लबका सचिव दिलबहादुर राना, सल्लाहकार लोकबहादुर घर्ती, क्लबका सदस्य धनबहादुर घर्ती (दीपु), दुर्गा घर्ती र यतम घर्तीले स्वास्थ्य लाभको कामना गदैं रकम हस्तान्तरण गरे।

उपचारका क्रममा आर्थिक अभाव भएपछि क्लबले शुरु गरेको ‘नरु बचाउ’ अभियानमा अमेरिकामा रहेका क्लबका सल्लाहकार तीर्थ, प्रेमा घर्तीमगरको पहलमा अमेरिकामा रहेका म्याग्देलीसहित नेपालीबाट संकलन गरेको रु एक लाख ८७ हजार १५१, मलेसियामा रहेका क्लबका सदस्य खिम रानाले रु खपाँच हजार ५००, विजय बुढा रु १० हजार, सूर्यमुखी क्लब रु १० हजार, भरिमा फगामी मगरदाङ रु पाँच हजार, देवीन्द्र, मीरा फगामी, बेनीबाट रु दुई हजार ५५ लगायतको सहयोग हस्तान्तरण गरिएको क्लबका सदस्य दीपु मगरले बताए ।

“सहयोग संकलन अभियान जारी छ । खुल्ला हृदयले सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छौँ”, उनले भने । क्लब विगतमा समेत देविस्थानमा खेलकुद प्रतियोगिता सँगै सामाजिक कार्यमा समेत सक्रिय रहेको थियो । उपचारकै क्रममा रहेकाले थप सहयोगको आवश्यकता रहेको परिवारले जनाएको छ । पीडितलाई स्वदेश तथा विदेशमा सहयोग संकलन भइरहेको छ । जिल्लामा आर्थिक अवस्था कमजोर भएकालाई उपचारमा अभियान सञ्चालन गर्ने गरिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *