एमडीमा सर्बोकृष्ठ भएका नेपाली चिकित्सकले पाए बंगलादेशमा स्वर्ण पदक

काठमाडौँ, १७ फागुन । नेपाली चिकित्सक डा. सन्देश पन्थी बङ्गलादेशमा ‘प्रधानमन्त्री स्वर्ण पदक’बाट सम्मानित भएका छन् ।

बङ्गलादेशको सरकारी मेडिकल विश्वविद्यालय बङ्गबन्धु शेख मुजिब मेडिकल बिश्वबिद्यालयबाट एण्डोक्राइनोलोजी एण्ड मेटाबोलिज्म (डायबर्टिज, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञ)मा सर्बोत्कृष्ठ अंकका साथ विशेषज्ञता हासिल गरेका उनी स्वर्णपदकबाट सम्मानित भएका हुन् । पाँच बर्षे सो अध्ययन उनले सन् २०१६ मा सिध्याएका थिए ।

जन गणतन्त्र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले गत आइतबार प्रधानमन्त्री कार्यलायमा आयोजित एक बिशेष समारोहमा डा. पन्थीलाई ‘स्वर्ण पदक’बाट सम्मान गरेकी हुन् ।

डा. पन्थी हाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा डायबर्टिज, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञका रुपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *