स्वास्थ्यमा उत्कृष्ठ कार्यसम्पादन गर्ने तीन जिल्लालाई सम्मान


पोखरा, १६ फागुन । ४ नम्बर प्रदेश सरकारले स्वास्थ्य सेवा तर्फ उत्कृष्ठ कार्यसम्पादन गर्ने तीन जिल्लालाई सम्मान गरेको छ । छैटौँ स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार पोखरामा आयोजित विशेष समारोहमा ४ नम्बर प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले गत आर्थिक बर्षमा उत्कृष्ठ कार्य गरेका तीन जिल्लालाई सम्मान गरेका हुन् ।

सम्मानित हुने जिल्लाहरुमा जिल्लाहरुमा कास्की, गोरखा र म्याग्दी रहेका छन् । कार्यसम्पादनका आधारमा गत आर्थिक बर्षमा ती जिल्लाहरु क्रमश पहिलो दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए । मुख्य मन्त्री गुरुङलेले तीन वटै जिल्लालाई प्रशंसापत्रद्धारा सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै मुख्य मन्त्री गुरुङले ४ नं प्रदेशलाई समृद्ध बनाउन स्वास्थ्य क्षेत्रमा धेरै काम गर्नुपर्ने भएको बताए । स्वास्थ्य आफ्नो प्राथमिकताको विषय भएपनि सबै विषय थाह भइनसकेको भन्दै स्वास्थ्यकर्मीहरुलाई सहयोग लिन चाहेको बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेलले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामको बारेमा आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वास्थ्यको वर्तमान अवस्था र प्रगतिवारे स्वास्थ्य मन्त्रालयका उपस्वास्थ्य प्रशासक डा झलक शर्मा गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेश नं ४ को स्वास्थ्य अवस्थाको वारेमा क्षेत्रीय स्वास्थ्य निर्देशक डा विनोद गिरीले प्रस्तुत गरेका थिए ।

दिवसकै अवसरमा त्यसअघि विहान मानव अधिकार चोक देखि पृथ्वीचोक सम्म बाजासहित प्रभातफेरी आयोजना गरिएको थियो ।
उक्त प्रभातफेरीमा जनचेतनामुलक प्ले कार्डसहित विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरु , स्वास्थ्यका विद्यार्थीहरु तथा अन्य सरोकारवाला निकायका प्रतिनिधीहरुले सहभागिता जनाएका थिए ।

औपचारिक कार्यक्रमको अध्यक्षता क्षेत्रीय स्वास्थ्य निर्देशक डा विनोद गिरीले गरेको थिए । कार्यक्रमको संचालन जिल्ला जन स्वास्थ्य कार्यालय कास्कीका परिवार नियोजन अधिकृत सन्तोष पौडेलले गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *