मक्का मदिना जाने १५ सय हजयात्रीलाई विशेष खोप लगाउने तयारी

काठमाडौँ, १६ फागुन । सन् २०१८ मा साउदी अरबको मक्का मदिना जाने नेपाली हजयात्रीलाई सरकारले विशेष खोप लगाइदिने भएको छ । १५ सय हजयात्रीलाई विभिन्न सरुवारोगविरुद्धको खोप दिने भएको हो ।

‘मुस्लिम समुदायबाट विश्वका लाखौँ सहभागी हुने भएकाले विभिन्न रोग संक्रमण हुन सक्छ,’ नेपाल हज समितिका अध्यक्ष मोहमद सोयले भने, ‘जोखिमबाट जोगिन त्यहाँ जाने १५ सय नेपालीलाई सरुवारोगविरुद्धको खोप दिन लागिएको हो ।’

उनका अनुसार हजयात्रीलाई मेनेन्जाइटिस, पोलियो, भाइरल फ्लु र इन्फ्लुन्जाविरुद्धको खोप लगाइने भएको हो ।

मक्का मदिना हज ५४ दिनसम्म चल्छ । सोयदका अनुसार १६ देखि २२ साउनभित्र अरब पुगिसक्नुपर्नेछ । ४ देखि ९ भदौसम्म मक्का मदिनामा २४सै घन्टा हज गरिने उनले बताए ।

गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिको सचिवालयले हजमा सहभागी हुने १५ सयलाई विशेष खोप दिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो । त्यहाँ सरुवारोगको जोखिम भएकाले आफ्ना नागरिकलाई खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाल हज समितिले पनि खोपका लागि मन्त्रालयलाई पत्र काटिसकेको छ । ‘संक्रमणको जोखिम न्यूनीकरण गर्न खोप नलगाई जान प्रतिबन्ध छ, उसले पत्रमा भनेको छ, ‘त्यसैले आगामी वर्ष १५ देखि २१ साउनसम्म सबै यात्रीलाई अनिवार्य खोप लगाउन अनुरोध गरिन्छ ।’

  • आजको नयाँ पत्रिका दैनिकमा समाचार छ
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *