बलिउड अभिनेत्री श्रीदेवीको हृदयघातका कारण निधन

काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । बैवाहिक समारोहमा सहभागी हुन दुवई गएका बेला ५४ बर्षीया श्रीदेवीको गएराती निधन भएको हो । उनलाई हृदयघात भएको बताइएको छ ।

उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन्।

श्रीदेवीले मिस्टर इण्डिया, चाँदनी, चालबाज र सदमा जस्ता व्यावसायिक रूपमा निकै सफलसहितका डेढ सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी थिइन्।

उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो। बालकलाकारको रूपमा उनले चार वर्षको उमेरमा एउटा तमिल चलचित्रबाट काम शुरू गरेकी थिइन्। बालकलाकारकै रूपमा उनले तेलुगु र मलयालम चलचित्रहरूमा पनि अभिनय गरेकी थिइन्।

दक्षिण भारतीय चलचित्रहरूमा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारका रूपमा बलिवूड चलचित्र ‘ सोलहवा साल’ बाट अभिनय शुरू गरिन्। पछिल्लो पटक उनको २०१७ मा मम नामक चलचित्र आएको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *