काठमाडौँलाई सूर्तिजन्य पदार्थमुक्त शहर बनाउने अभियानमा महानगरपालिका

काठमाडौँ । सूर्तिजन्य पदार्थ विरुद्धको अभियानमा क्रियाशिल अन्तराष्ट्रिय संस्था ‘व्लुमम्बर्ग फिलान्थ्रोपिक, भाइटल स्ट्राटेजिक’को सहयोगमा काठमाडौँलाई अव सूर्तिजन्य पदार्थ मुक्त शहर बनाइने भएको छ । नसर्ने रोगको प्रमुख कारक रहेको धूमपान तथा सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण गरी काठमाडौँलाई ‘हेल्दी सीटी’को रुपमा विकास गरिने भएको छ ।

व्लुम्बर्गले संसारका पचासवटा मुख्य शहरलाई ‘हेल्दी सीटी’को विकास गर्ने योजना अघि सार्दै सो कार्यका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलव्ध गराउँदै आएको छ । ‘हेल्दी सीटी’ अभियान शुरु गर्न व्लुम्बर्गले एक करोड रुपैयाँ उपलव्ध गराई सकेको छ ।

‘हामी महानगरपालिकलाई धूमपान तथा सूर्तिजन्य पदार्थ मुक्त बनाउने योजनामा लागेका छौँ । यसको कारण नागरिक स्वस्थ रहुन भन्नका लागि हो । किनभने नसर्ने रोगको प्रमुख कारक धूमपान तथा सूर्तिजन्य पदार्थ हो । यसलाई नियन्त्रण गरिएन भने नागरिक स्वस्थ हुँदैनन्,’ शुक्रबार महानगरपालिकाद्धारा आयोजित पत्रकार सम्मेलनमा मेयर विद्यासुन्दर शाक्यले भने ।

उनले धूमपान नियन्त्रण गर्न आफूहरुलाई कानून बनिसकेको र प्राविधिक पक्षका बारेमा व्लुम्बर्गले समेत सघाउने आश्वासन दिएपछि स्वस्थ शहर निर्माणका लागि अघि बढेको बताए । ‘महानगरको यो महत्वकाक्षी योजना भनेपनि हुन्छ । तर यो आम नागरिकका लागि चालिएको सकारात्मक अभियान हो । यसका लागि सम्पूर्ण सरोकारवालाको सहयोग चाहिन्छ,’ उनले भने ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले सूर्ति नियन्त्रण सम्वन्धी उत्कृष्ठ कानून बनाएर नेपालले विश्वलाई चकित पारेको भन्दै काठमाडौँलाई सूर्तिजन्य पदार्थ मुक्त शहर बनाई फेरी चकित पार्ने बताए ।

उनले अहिलेसम्म सरकारी समन्वयको अभावमा नियमको कार्यान्वनय नभएको भन्दै अव भने महानगरपालिकाले जनचेतना,अनुगमन र कारबाहीका कार्यक्रम योजनाबद्ध ढंगले अघि बढाउने बताए । त्यसका लागि जनस्वाथ्य, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय आदिबीच समन्वय हुने जानकारी दिए ।

महानगरपालिकाले सार्वजनिक स्थलमा धूमपान गर्ने, १८ बर्ष मुनिका बालबालिका, गर्भवती आदिहरुलाई धूमपान तथा सूर्तिजन्य पदार्थ किनबेचमा प्रतिवन्ध लगाउने, फुटकर विक्री वितरणमा रोक लगाउने, सार्वजनिक स्थानको एक सय मिटर वरपर धूमपान गर्न नपाइने लगायतका नियम कडाईका साथ कार्यान्वयन हुने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “काठमाडौँलाई सूर्तिजन्य पदार्थमुक्त शहर बनाउने अभियानमा महानगरपालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *