क्यान्सरको औषधि नेपालमै उत्पादन हुने

काठमाडौं । नेपालमा क्यान्सर रोगी कति छन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन । तर क्यान्सरको उपचार प्रदान गर्ने अस्पतालहरुमा आउने रोगीको संख्या पछिल्ला वर्षहरुमा बढिरहेको तथ्यांक छ । यसले मुलुकमा क्यान्सर रोगीको संख्या बृद्धि भइरहेको देखाउँछ ।

यसैबीच नेपालमै क्यान्सरको औषधि उत्पादन गर्ने उद्देश्यका साथ एक भारतीय औषधि कम्पनी प्रवेश गरेको छ । तिजिग फर्मा प्रालि नामको कम्पनीले ३५ करोड ११ लाख रुपैयाँ लगानी गरी भक्तपुरमा औषधि उत्पादन प्लान्ट स्थापना गर्दैछ।

कम्पनीले यसका लागि उद्योग विभागबाट स्वीकृतिसमेत लिइसकेको छ । क्यान्सर रोग उपचारमा प्रयोग हुने औषधि उत्पादन गर्ने यो नेपालमै पहिलो कम्पनी हुनेछ ।

स्वदेशी औषधि उत्पादकहरुले भने क्यान्सर प्रतिरोधी औषधि उत्पादन स्वदेशी मागका लागि मात्र हुन नसक्ने आशंका व्यक्त गरेका छन् । भारतीय कम्पनीले निर्यात गर्ने लक्ष्यका साथ लगानी गर्न लागेको हुन सक्ने उनीहरुको भनाइ छ ।

  •  आजको नागरिक दैनिकमा समाचार छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *