पुरुषहरूलाई देखिने प्रोष्टेटको समस्या के हो ? कसरी जोगिने ?

– डा. दीपक रौनियार, कन्सल्ट्यान्ट यूरोलोजिस्ट

प्रोष्टेटग्रन्थीलाई प्रजनन ग्रन्थी वा पुरुष ग्रन्थी पनि भनिन्छ । यो पिसाव थैलीको ठिक तल पट्टी पिसाव नलिको शुरू भागको वरिपरि हुन्छ ।

रेशा तथा मांशपेशीयुक्त तन्तुबाट बन्ने यो ग्रन्थी युवा अवस्थामा झण्डै २० ग्रामको हुन्छ । पुरुषहरूको उमेरको बृद्धिसंगै यसको आकार पनि बढ्दै जान्छ ।

सामान्यत: प्रोष्टेटको आकार बढ्दै जाँदा पिसाव फेर्ने प्रक्रियामा समस्या देखापर्छ र कालान्तरमा यसैबाट क्यान्सर समेत हुनसक्छ ।

प्रोष्टेटग्रन्थीको एक किसिमको तरल पदार्थ हो । जसले बीर्यलाई हुर्काउन मद्धत गर्छ । प्रोष्टेटग्रन्थीको सेक्रेट (एक खालको तरल पदार्थ)मा बीर्य आएर बस्छ र त्यो हुर्कने, बढ्ने काम हुन्छ । त्यसैले बीर्य स्वस्थ हुने वा नहुनेमा प्रोष्टेटग्रन्थीमा पनि भर पर्दछ ।

यदि प्रोष्टेटग्रन्थीमा संक्रमण भयो भने बीर्य मर्न सक्छ । जव बीर्य मर्छ सन्तान उत्पादनको सम्भावनामा अबरुद्ध हुन्छ ।

प्रोष्टेट समस्या कति किसिमका हुन्छन् ?

सामान्यत प्रोष्टेटसमस्या तीन किसिमले हुने गरेको पाइन्छ ।

पहिलो : उमेर ढल्कदै जाँदा वा ४० बर्ष उमेर पुगेपछि प्रोष्टेटग्रन्थी बढ्दै जान थाल्छ । जसले पिसावको बाटोलाई अवरुद्ध पार्न सक्छ ।

दोस्रो  : प्रोष्टेटग्रन्थीमा नराम्रो किसिमको मासु पलाउनु । अर्थात यस्तो मासु जो बढ्दै जान्छ र त्यसले क्यान्सर बनाउँछ ।

तेस्रो :  प्रोष्टेटग्रन्थीमा संक्रमण हुनु हो । यस्तो समयमा भित्र रहने भएकोले चाँडै पत्ता लाग्न पनि गाह्रो हुन्छ । जसका कारण समयमै उपचार हुन सक्दैन् । संक्रमण हुँदा प्रोष्टेटग्रन्थीमा सुन्निन्छ ।

प्रोष्टेटमा समस्या भएको भनेर कसरी थाह पाउने ? लक्षणहरूके के हुन् ?
निम्न अनुसारका लक्षण देखियो भने हामीले प्रोष्टेटमा समस्या भयो कि भनेर शंका गर्नुपर्छ ।

 पिसाव सम्वन्धी समस्या :

  • पिसाव चाँडै चाँडै लाग्ने,
  • पिसावको धारा मसिनो हुने,
  • पिसाव लागेजस्तो हुने,
  • पिसाव लागे जस्तो हुने तर जाँदा कम हुने,
  • पिसाव फेर्न जाँदा झट्ट ननिस्कने अर्थात एक छिन पर्खनुपर्ने,
  • पिसाव फेर्न बल गर्नुपर्ने,
  • पिसाव फेरिसकेपछि पनि बाँकी रहेजस्तो हुने,
  • पिसाव लागेजस्तो हुने तर कम कम हुने,
  • पिसाव रोक्न नसकिने,
  • पिसाव फेरिसकेपछि फेर्नु अघि दुख्ने, नाइटो वरिपरि दुख्ने

दुखाईको समस्या :

  • अण्डकोष दुख्ने ,
  • कम्मर दुख्ने,
  • मलद्धार र अण्डकोषबीचको भाग त्यो पनि दुख्ने ,
  • नाइटो वरिपरि दुख्ने,
  • लामो समयसम्म असजिलो महसुस हुने आदि ।

लिंगमा कडापन नहुने :

  • प्रोष्टेट भएका मानिसको लिंगमा कडापन हुँदैन,
  • यौनसम्पर्कका बेला छिटो सेलाउने,
  • कसैमा छिटो बीर्य स्खलन हुने समस्या पनि हुनसक्छ ।
  • त्यस्तै यस्तो समस्या भएको व्यक्तिलाई एन्जाइटी, डिप्रेसन जस्ता समस्या पनि देखिन सक्छ ।

उपचार तथा रोकथामको उपायहरू के हुनसक्छ ?

माथिका लक्षणहरूदेखिएमा तत्काल युरोलोजिष्टलाई देखाउनु राम्रो हुन्छ । अझ भनौ ४० बर्ष माथि लागेपछि यस्तो समस्या देखिने भएकोले ती उमेर समुहका पुरुषहरूले यस्तो लक्षण छ कि छैन विशेष ख्याल गर्नुपर्छ ।

  • पिसाव नलिको संक्रमण असुरक्षित यौनसम्पर्कका बेला बढी हुने सम्भावना भएकोले त्यस्तो कार्य पूर्णरुपमा निषेध गर्नुपर्छ ।
  • पिसाव नलिमा विभिन्न कारणले इन्फेक्सन हुने र त्यो तत्कालै फैलिएर प्रोष्टेट ग्रन्थीसम्म पुग्ने भएकोले त्यस्तो इन्फेक्सन हुनबाट जोगाउनुपर्छ ।
  • कहिलेकाही शरीरको लिम्पेथिक सिस्टम (रगत बहने नलिजस्तै अर्को लिम्फ भन्ने सेतो रगत बहने नलि हुन्छ ) लिम्फ नलिमा भएको इन्फेक्सन चाहि मलद्धारबाट आन्द्राको प्वाल हुँदै प्रोष्टेट ग्रन्थीमा घुस्छ । त्यसबेला प्रोष्टेटलाई सुरक्षा दिने प्रणाली कमजोर हुन्छ ।
    त्यसो त प्रणाली कमजोर नहुँदासम्म प्रोष्टेटको वरिपरि भएको झिल्ली जसलाई हामी क्याप्सुल भन्छौँ यो ज्यादै बलियो हुन्छ । त्यसले इन्फेक्सनलाई सजिलै छिर्न दिदैन तर यी सबै सिस्टम फेल भएको खण्डमा प्रोष्टेटमा समस्या हुन्छ र यसबाट समस्या पैदा हुन्छ ।

नियमित तर स्वस्थ यौनसम्पर्क प्रोष्टेटसमस्याको समाधान बन्न सक्छ :

  • नियमित तर स्वस्थ रुपमा गरिने यौन सम्पर्क प्रोष्टेटसमस्याको समाधान बन्न सक्छ । किनभने प्राकृतिक रुपमा निस्कनुपर्ने बीर्य लामो समय रोकिदा यसले प्रोष्टेटग्रन्थीमा इन्फेक्सनको सम्भावना बढाउँछ । त्यहि कारण पनि हुनसक्छ खाडी मुलुकमा लामो समय बसेका पुरुषहरूमा यो समस्या बढी देखिएको पनि छ ।

जोगिनका लागि के खाने ? के गर्ने ?

  • प्रोष्टेटग्रन्थीको समस्याबाट जोगिनका लागि खानपान र जीवनशैलीलाई पनि विशेष ध्यान दिनुपर्छ । जस्तै हामी भन्छौँ म्याग्नेसियम तथा जिंक तत्व भएका खानेकुरा खानुपर्छ । त्यसका लागि हामी प्याज, च्याउ, काजु, पिस्ता , ओखर जस्ता खानेकुराहरूखानसक्छौँ, यिनहरूमा ती मिनरल्सहरूपाइन्छ ।
  • तर स्याचुरेडेट भएका खाद्यपदार्थहरूअर्थात बढी चिल्लो पदार्थ भएको खाना नखाने । चिल्लोरहित खानेकुरा खानुपरयो ।
  • प्रोष्टेटको लागि स्पेसल व्यायम छ । सम्वन्धीत डाक्टरले सिकाउछ । त्यसैले प्रोष्टेटभएका वा हुनबाट जोगिन पुरुषहरूले त्यो व्यायम सिक्नु जरुरी हुन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “पुरुषहरूलाई देखिने प्रोष्टेटको समस्या के हो ? कसरी जोगिने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *