कडा खालको रुघाखोकीबाट अल्जेरियामा २१ को मृत्यु

अल्जेरिया, १ फागुन । कडा खालको मौसमी रुघाखोकी ‘इन्फुएलेन्जा – ए एच १ एन१’ बाट अल्जेरियामा २१ जनाले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेहरुमा ४ देखि ६५ बर्षसम्मका नागरिकहरु रहेको सरकारी अधिकारीहलाई उद्दृत गर्दै राज्य नियन्त्रित टेलिभिजनहरुले जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयको सरुवारोग रोकथाम नियन्त्रण केन्द्रका निर्देशक जामेल फौरारले एच१एन१बाट बच्च बच्चा देखि बृद्धहरुसम्मको ज्यान गएको भन्दै सतकर्ता अपनाउन आग्रह गरे ।

यसअघि गत डिसेम्बरमा स्वास्थ्य मन्त्री मोख्तर हास्बेल्लाउइले कसैलाई पनि एच१एन१ नभएको दावी गरेका थिए ।  तर जनवरीमा अल्जेरिया पास्चर इन्स्टिच्युटले ‘एच १ एन१’बाट ३५ जना प्रभावित भएको घोषणा गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *