आयुर्वेदिक औषधिको रुपमा गाँजाको प्रयोग यसरी गरिन्थ्यो

डा. राजेन्द्र गिरी

नेपालमा गाँजाको प्रयोगलाई अवैध मानिन्छ । तर आयुर्वेद चिकित्सामा प्राचिनकाल देखिनै औषधीय उदेश्यले गाँजाको उपयोग गरिदै आएको छ ।

नेपाल तथा भारतमा गाँजालाई औषधि बनाउन समेत रोक लगाइएको छ । अर्कोतिर अमेरिकाको केही प्रान्त तथा क्यानडा लगायतका पश्चिमा राष्ट्रहरुमा गाँजाको प्रयोग औषधिको रुपमा हुँदै आइरहेको छ ।

हरेक जडिबुटीहरुमा कति औषधिको सकारात्मक र नकारात्मक दुबै पक्ष हुने हुँदा गाँजालाई औषधिको रुपमा पनि प्रयोग गर्नुपर्छ भन्नेको संख्या पनि बढ्दै गईरहेको छ ।

यसबारेमा केही तथ्यहरु यसप्रकार छन् :

  • गाँजा प्राचिन कालदेखि घरेलु उपयोग र मनोरन्जन एवं धार्मिक एवं सास्कृतिक रुपमा प्रयोग हुँदै आएको छ । खासगरी शिबरात्रीमा अहिले पनि गाँजालाई घोट्टा (दुधको परिकार) र अन्य मिठाईमा समेत राखेर खुवाउने चलन छ । आयुर्वेदमा यसको प्रयोग तनाव, चिन्ता, नैराश्यता लगायत मानसिक समस्या भएका व्यक्तिमा औषधिको रुपमा प्रयोग हुने गर्दथ्यो ।

के हो गाँजा ?

संस्कृतमा बिजया नेपालीमा भाङ र गाँजा ल्याटिन शव्दमा क्यानावीच स्याटिभा लिन भनेर चिनिने यो गन्धयुक्त सानो रुख (क्षुप) ३ देखि ८ फिट अग्लो हुन्छ । फुल सानो हरियो र एकलिंगी हुन्छ । जुन फरक आकारको हुन्छ । फल सानो र दानादार हन्छ । यो नेपालको उष्ण प्रदेशमा जताततै झाडीको रुपमा उम्रिन्छ कतिपय ठाँउमा यसको अवैध खेतीपाती समेत गरेको सुनिएको छ । औषधीय उपयोगमा भाङ, गाँजा, चरस भनिन्छ ।

यसमा के के तत्व पाइन्छ : यसमा क्यानाविनोल, टेट्राहाइड्रोक्यानाविनोल, क्यानाविनोल एसिड, र सुघन्धीत तेल पाइन्छ । केही मात्रामा उडनशील एवं स्थीर तेल पनि पाइन्छ ।

गाँजाका मुख्य कार्य : पीडा कम गर्ने, शरीरलाई आनन्द लठ्ठ पार्ने, श्वासप्रस्वास अंगहरुलाई खुलाउने, बीर्य स्खलनलाई ढीलो बनाउने आदी काम गर्छ ।

यस्तै आयुर्वेदमा अर्स (पाइल्स) ग्रहणी (ठूलो आन्द्रको समस्या), गुदविकार (मलद्धारको समस्या ) शीरसुल (टाउको दुख्ने), विपन पाचन (खाना नरुच्ने) ठूलो आन्द्राको समस्या हुँदासमेत प्रयोग हुन्छ । यस्तै चिन्ता, नैराश्यता र मानसिक समस्यामा उपयोगी हुन्छ ।

कसरी प्रयोग गर्ने ?
आयुर्वेद चिकित्सकहरुको सल्लाहमा भाङको प्रयोग दैनिक १२५ देखि २५० मिली ग्राम प्रयोग गर्न सकिन्छ । यस्तै गाँजा ६० देखि १२५ मिलीग्राम र चरस ३० मिलिग्राम चुर्णको रुपमा प्रयोग गर्न सकिन्छ ।

आयुर्वेद औषधिहरु जस्तै रातोबरी, जातीफलाडी चुर्ण र मदनानन्द मोदकमा समिश्रणको रुपमा पनि प्रयोग हुन्छ ।

तर आयुर्वेदमा यसको शुद्धीकरण नगरीकन प्रयोग गरिदैन । शोधन नगरेको गाँजा औषधिको रुपमा प्रयोग गरिदैन । शोधन नगरेको गाँजा विशाक्त प्रभाव विशेषत दृष्टी र मस्तिस्कमा पार्छ ।

अत्यधिक विषाक्त प्रभाव देखिएमा आमासय प्रक्षालन (बान्ता) गराएर एवं यसको विरुद्ध आयुर्वेद औषधि प्रयोग गर्नु जरुरी छ । तर चिकित्सक वा स्वास्थ्यकर्मीहरुको परामर्सविना औषधिको रुपमा समेत प्रयोग गर्न हुँदैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *