भाङमा के छ त्यस्तो जसको सेवनले मान्छेलाई रुवाउने र हसाउने गर्छ ?

आज महाशिबरात्री पर्व । देशभरका शिवालयमा धुमधामका साथ महाशिवरात्री पर्व मनाइदै छ । शिवालयमा पुजाआजासंगै आज कतिपयले शिवजीको प्रसाद भन्दै भाङ (गाँजा) खाने खाने गर्दछन् ।

नेपालमा भाङ-गाँजा सेवन अवैध मानिएको छ । सरकारले यसपटक पनि पशुपति वरपर पनि गाँजा निशेधित क्षेत्र घोषणा गरेको जनाएको छ । तर शिबरात्रीका दिन शिवालय आसपासमा शिवको प्रसादको रुपमा भन्दै कतिपयले निर्वाध रुपमा गाँजा सेवन गरेको देखिन्छ ।

भाङ-गाँजा सेवन गरी कोही लट्ठ परेको, कोही हाँसेको हाँस्यै अनि कोही रोको रोई गरेको देखिन्छ ।

भाङ-गाँजामा त्यस्तो के छ ? जसको सेवनले मानिसको स्वभावलाई क्षणभरमै परिवर्तन गरिदिन्छ ? आज हामी त्यहि शिबबुटी अर्थात भाङ-गाँजाको विषयमा कुरा गर्नेछौँ :

हाम्रो मस्तिस्कमा प्राकृतिक रुपमा पाइने क्यानाविनोइड भन्ने रसायन हुन्छ । जसले विचार सोचाई तेजिलो तिखो बनाउने काम गर्छ । गाँजामा पनि ६० भन्दा बढी अलग प्रकारका क्यानाबिनोइड पाइन्छ । त्यसैले गाँजा सेवन गर्दा ती रसायन हाम्रो मस्तिष्कमा जान्छ । जसमध्ये टेट्रा हाइट्रो क्यानाबिनोल (टि.एच.सी.) प्रमुख हो ।

सामान्य त बाहिरी बातारबणले गर्दा हाम्रो ध्यान कुनै विषयमा केन्द्रीत हुन पाउदैन । तर गाँजामा पाइने यो क्यानाबिनाइड रसायनले बाहिरी बाताबरणलाई प्रभावलाई खुम्च्याएर आफ्नो प्रभावलाई फैलाउछ । जसका कारण मानिस एकाग्र बन्न पुग्छ ।

त्यहि अवस्थालाई हामी नसा लागेको भन्छौँ । यति मात्र नभई क्यानाबिनोइडले निन्द्रा, भोक, प्यास, भावना आदिमा पनि प्रभाव पार्छ जसको कारण कोही सुतीहरने, कोही भोक लाग्यो भनिरहने कोही हाँसिरहने, कोही रोइरहने आदि कसराहरु सुन्नमा आउँछन् ।

क्यानाविनोइडले मस्तिस्कमा रहेको आनन्दको केन्द्र डोपामाइन प्रक्रियामा प्रभाव पारी कतिपयमा आनन्ददायी भावना पैदा गरिदिन्छ ।

गाँजा सेवन गरेको केही मिनेटदेखी लाग्न थाल्छ र आधा घन्टाभित्र चरम बिन्दुमा पुग्छ । यसको प्रभाव दुई तीन घन्टा सम्म हुन्छ तर सेवनको मात्रा बढि छ भने यो समय बढ्छ । हरेक व्यक्तिको आ आफ्नो गुणको आधारमा हरेक व्यक्तिमा गाँजाको असर फरक फरक देखिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *